युरोपबाट नेकपा कार्यकर्ताहरु बार्सिलोनामा भेला हुँदै,मन्त्री ज्ञवालीसँग छलफल गर्ने


बार्सिलोना। नेपाल कम्युनिष्ट पार्टीनिकट युरोपमा रहेका कार्यकर्ताहरु स्पेनको बार्सिलोना भेलामा सहभागी बन्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेटघाट तथा छलफल गर्न बार्सिलोना भेलाको आयोजना भएको हो। 

युरोपबाट प्रवासी नेपाली एकता मञ्चनिकट कार्यकर्ताहरु बार्सिलोना आउने क्रम सुरु भईसकेको स्पेनमा सचिव अशोक किरण न्यौपानेले जानकारी दिए। आईतबार दिउँसो साढे ३ बजेदेखि बार्सिलोनाको होटल सान्ट पाउमा मन्त्री ज्ञवालीसँग छलफल हुने आयोजकले जनाएको छ। 

त्यसअघि परराष्ट्रमन्त्री ज्ञवालीसँग शनिबार एनआरएनए स्पेनले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। स्विट्जरल्याण्डमा एक कार्यक्रममा सहभागी बन्न युरोप आउँन लागेका मन्त्री ज्ञवालीले स्पेन भ्रमणका लागि समय छुट्टाएका हुन्। 

प्रबासी नेपाली एकता मञ्चको भेटघाट तथा  छलफल कार्यक्रमबारे बिबरण 

  • मिति : २३ फेब्रुवरी २०२० ,आईतबार 
  • समय : दिउँसो ३:३० बजेदेखि 
  • स्थान :  होटल सान्ट पाउ (Hotel Sant Pau) Calle sant Antoni María claret 173, 08041 Barcelona
  • आयोजक:– प्रबासी नेपाली एकता मञ्च स्पेन