कास्की आदर्श समाज स्पेनको अध्यक्षमा कार्की


बार्सिलोना। कास्की आदर्श समाज स्पेनको तेस्रो अधिबेशनले बल बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार बार्सिलोनामा सम्पन्न समाजको अधिबेशनले कार्कीको अध्यक्षतामा सर्बसम्वत कार्यसमिति चयन गरेको हो। कार्की समाजका निर्बतमान कार्यसमितिका उपाध्यक्ष समेत हुन्। 

यस्तै समाजको बरिष्ठ उपाध्यक्षमा कुमार गुरुङ,उपाध्यक्षमा खेमकुमार भण्डारी,महासचिवमा निराजन कार्की,सचिव गणेश अधिकारी,कोषाध्यक्षमा देवी भण्डारी र सहकोषाध्यक्षमा मोहनराज गौतमलाई चयन गरेको छ। यस्तै कार्यसमितिका सदस्यहरु पदम खत्री,कुमार गुरुङ,सविन बानिया र नगेन्द्र गुरुङ रहेका छन्। १३ सदस्यीय नयाँ कार्यसमितिमा २ सदस्यपछि थप गर्ने समाजले जनाएको छ। 

यस्तै समाजले ५ सदस्यीय संरक्षक परिषद समेत गठन गरेको छ। दिलनाथ भण्डारी,केदारनाथ ढुंगाना,बसन्त रानाभाट,बिशाल ढुंगाना र सन्दीपमोहन भट्टराई सदस्य रहने गरी समाजले संरक्षक परिषद गठन गरेको हो।यस्तै पुष्प केसी संयोजक रहने गरी ९ सदस्यीय सल्लाहकार समिति चयन भएको छ। सल्लाहकार सदस्यहरुमा राजेन्द्र कडेल,शिव कुमार लामिछाने,बेलकाजी गुरुङ,जिवनजङ्ग राणा,दुर्गा घिमिरे(लेकाली),शान्ता राणा,पवनराज भण्डारी र राजु लामिछाने रहेका छन्।  

बुधबार एक भब्य कार्यक्रमबीच कास्की आदर्श समाज अन्तर्राष्ट्रिय संमन्वय परिषद् अध्यक्ष गोबिन्द पौडेलले अधिबेशनको उद्घघाटन गरेका हुन्। सो अबसरमा केन्द्रिय अध्यक्ष पौडेलले संसारभर रहेका कस्केलीहरुलाई एकतावद्व गर्ने अभियानमा आँफूहरु लागेको बताए। नेपालदेखि सहभागी बनेका समाजका केन्द्रिय उपाध्यक्ष निरज थापाले विदेशमा रहेका कस्केलीहरुले आफ्नो क्षेत्र र समग्र देशको हितमा केन्द्रित रहनुपर्नेमा जोड दिए। 

कार्यक्रममा समाजका केन्द्रीय संरक्षक रमेश गुरुङ,कास्की आदर्श समाज युरोप संयोजक डिल्लीराम भण्डारी , एनआरएनए केन्द्रीय सल्लाहकार पुष्पराज तिमिल्सिना,एनआरएनए युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ,आईसीसी सदस्य सुनिल रानाभाट,एनआरएनए उपाध्यक्ष दिनेश गिरी लगायतले शुभकामना ब्यक्त गरे। 

समाजका अध्यक्ष केदारनाथ ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव गोबिन्द तिमिल्सिनाले गरेका थिए। समन्वय समितिका सदस्य तथा संस्थापक केन्द्रिय सचिव बिशाल ढुंगानाले नयाँ कार्यसमितिको घोषणा गरेका थिए। यसैबिच समाजले तेस्रो अधिबेशनको अबसरमा “कास्की आवाज” नाम दिईएको स्मारिका समेत बिमोचन गरेको छ।  बिभिन्न लेखरचना तथा शुभकामना सन्देशहरुलाई स्मारिकामा समाबेश गरिएको समाजले जनाएको छ। 


यसअघि समाजको नाम “कास्की समाज स्पेन” भएपनि केन्द्रिय बिधानअनुसार अबदेखि कास्की आदर्श समाज स्पेन रहने भएको छ।  तस्बिर:- साईग्रेस