पोखराको शहिद पार्कमा रबिन्द्र अधिकारीको शालिक अनावरण


पोखरा- पोखराको राष्ट्रिय विभूति तथा शहिद पार्कमा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८, जामुनबोट (ग्र्याजाती) स्थित शहिद पार्कमा पोखरा महानगरपालिकाको लागतमा हालै निर्माण गरिएको पूर्णकदको नेता अधिकारीको शालिक एक समारोहका बिच विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले अनावरण गरेका हुन्।

गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा उक्त पार्कलाई व्यबस्थित पार्न महानगरलाई आग्रह गर्दै मुख्यमन्त्री गुरुङले आवश्यक सहयोग परेको खण्डमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताए । गण्डकी प्रदेश सरकारले आइटि पार्कको रुपमा उक्त क्षेत्रमा विकास गर्ने भएको प्रदेका आर्थिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताए । आइटि पार्क निर्माणको लागि प्रदेश सरकारले जग्गा समेत प्राप्ती भएको उनले उल्लेख गरे । शहिदको गन्तव्यको रुपमा विकास गर्न महानगरसंग सहकार्य गर्ने मन्त्री चुमानले जनाए ।

नेता अधिकारीकोे ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा परी निधन भएको बार्षिक तिथि फागुन १५ गते प्रथम स्मृति दिवसको सन्दर्भमा उक्त शालिक अनावरण गरिएको पोखरा महानगरका मेयर मानबादुर जिसीले बताए । पोखराको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न उक्त पार्कमा राष्ट्रिय विभूति तथा शहिदहरुको शालिक राख्ने, पोखराका चोक चोकमा रहेका शालिकलाई शहिद पार्कमै व्यबस्थापन गर्ने महानगरको योजना रहेको उनले बताए । उक्त पार्कमा कफि सप र करिब ४० जना क्षमताको सभाहल सहितको केही भौतिक संरचना निर्माण गनिरे भएको मेयर जिसीले बताए । उक्त पार्कमा खुल्ला व्यामशाला, नेता अधिकारी सहितका ५ जनाको शालिक स्थापना गरिएको, फुट ट्याक निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहिद पार्क निर्माण समितिका सदस्य सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

उक्त पार्कबाट पोखरा, फेवाताल र हिमश्रृखला समेतको दृश्यावलोकन गर्न सकिने भएको पार्क निर्माण समितिका अध्यक्ष एवं पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । उक्त पार्कमा करिब २५ जना सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना रहेको उनले जनाए ।

पोखरा महानगरपालिकाले ५७ रोपनी क्षेत्रफल रहेको उक्त स्थानमा नेपाल एकिकरण गर्ने पूर्व राजा पृथ्बी नारायण शाह, नेपाल कम्युनिस्ट पार्र्टीका संस्थापक पृष्पलाल पुष्पलाल र जनआन्दोलनका २०६२÷०६३ का पहिलो शहिद भिमसेन दहालको शालिक राखिएको छ । त्यसै गरी योगेन्द्रमान शेरचनको समेत शालिक राखिएको छ । पोखरा जिरोकिलोमिटर क्षेत्रको चोक (आइल्याण्ड) मा रहेको शेरचनको उक्त शालिक शहिद पार्कमा स्थापना गरिएको उनले जनाए ।
धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री, पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला, चित्र बहादुर गुरुङ लगायतको शालिक निर्माण गरीने तयारी गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव समेत रहेका सदस्य सचिव तिमिल्सिनाले बताए । पोखरा लेखिएको ६५ मिटरको व्यनर समेत पार्कमा रहने भएको उनले बताए । त्यसै गरी उक्त सौचालन, बाल उद्यान संचालन भएको छ । महानगरको आर्थिक सहयोगमा उक्त पार्क संरक्षणको लागि ८० लाखको लागतमा कम्पाउण्ड गरिने भएको छ । यस बर्ष महानगरले एक करोडको लागतमा पार्क निर्माण तथा विभिन्न भौतिक संरचनामा खर्च गर्ने भएको महानगरले जनाएको छ ।