गलकोटमा होमस्टे व्यवसायिक क्षमता अभिवृद्धि तालिम


हरेक गाँउ पर्यटकिय ठाँउ भन्ने उद्घोषकका साथ गाँउ पर्यटन पर्वद्धन मञ्च नेपाल गण्डकी प्रदेशको आयोजना तथा गलकोट नगरपालिकाको सहयोगमा आजदेखि ३ दिने होमस्टे व्यवसायीक क्षमतावृद्धि तालिम सुरु भएको छ । 

तालिमको सुभारम्भ गदैं गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पर्यटन पर्वद्धनमा होम स्टे सञ्चालनले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले जिल्लाका होमस्टे सञ्चालकहरुको अनुभव आदानप्रदानले गलकोटको होमस्टे सञ्चालकलाई सहयोग पुग्ने भन्दै गलकोटमा सामुदायिक घरबास कार्यक्रम मार्फत पर्यटन पर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

गाँउ पर्यटन पर्वद्धन मञ्च नेपालका बागलुङ जिल्ला कार्यक्रम संयोजक श्याम लामिछानेद्धारा तालिम र कार्यक्रमको वारे आवश्यकता, जिल्लामा रहेका ३० ओटा होमस्टेमा भएको अभ्यास, गाउँ वस्तिमा रहेका होमस्टेको विकास र वजारीकरण जस्ता बिषयमामा क्षमता बिकासको कार्यक्रम आवश्यक रहेको बताउदैं तालिमको आवश्यकता बारे प्रष्ट पार्नुभएको थियो ।  त्यस्तै गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले होम स्टेको वजारीकरण गर्ने प्रचारात्मक कार्यक्रम मिडियामार्फत गर्नुपर्ने वताउनुभएको थियो ।

कार्यक्रममा गाँउ पर्यटन पर्वद्धन मञ्च नेपाल गण्डकी प्रदेश अध्यक्ष नवराज अधिकारी ले कार्यक्रममा गाउँ पर्यटनका विषय, वसाई तथा कार्यको व्यवस्था, सोसल मिडिया स्थानिय खानाका परिकार र परिकारको वाजारिकरणको बारेमा सहजिकरण गर्ने वताउनुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गलकोट नगर अध्यक्ष ललित श्रीस, राष्ट्रिय जनमोर्चा गलकोट नगरअध्यक्ष टंक के.सि,लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । तालिमको प्रध्यापक डाक्टर प्रेम शर्माले सहजिकरण गर्नुभएको थियो । ३ दिन सम्म सञ्चालित हुने तालिममा वागलुङ जिल्ला भित्र सञ्चालित सम्पुर्ण सामुदायिक होमस्टेका प्रतिनिधिहरुको सहभागिता रहेका छ । 

कार्यक्रम गाँउ पर्यटन पर्वद्धन मञ्च नेपालका बागलुङ जिल्ला संयोजक चुडामणि छन्त्यालको अध्यक्षता तथा कार्यक्रममा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम वहादुर भण्डारीले हेमन्तको स्वागत तथा वडा सदस्य घनश्याम कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।