नेशन पुन नेपाल आइडल सिजन ३ को उत्कृष्ट ६ मा पर्न सफल


पोखरा – म्याग्दी स्थाई घर भई पोखरामा संगीत संघर्ष गरेका कलाकार हुन् नेशन पुन मगर । जो अहिले नेपालमा जारी नेपाल आइडल सिजन ३ को उत्कृष्ट ६ मा पर्न सफल भएका छन् । हरेक चरणलाई पार गर्दै उनले उक्त स्थान बनाएका हुन् । शुक्रबार नेशनले लोकदोहोरी गायक प्रजापती पराजुलीको चर्चित गीत “के खान्छौ कमला सुन्तलाकी अमला” प्रस्तुत गरे । उनको गीतमा जजदेखि दर्शकसम्म झुमेका थिए ।

उक्त गीतले उनलाई “फर्मर अफ द डे” को उपाधि दिलायो । उपाधि सँगै उनले नगद रु २० हजारको चेक प्राप्त गरेका छन् । गण्डकी प्रदेश लोकगीतको उर्भरभूमी मानिन्छ । लोकगीत क्षेत्रमा तरक्की गर्ने थुप्रै गायकगायिकाहरु गण्डकी प्रदेशकै छन् । नेपाली लोकगीत क्षेत्रमा प्रजापती पराजुलीको नाम नसुन्ने सायद नै कोही होला ।

पोखरालाई कर्मथलो बनाएर देश विदेशमा चर्चा कमाउने कलाकार मध्येका एक हुन् पराजुली । तिनै पराजुलीको अत्यन्तै रुचाइएको गीतलाई प्रस्तुत गरेर नेशनले प्रदेशको लोकसंगीतको गरिमालाई माथि उठाएका छन् । लोकगीतको सुगन्ध उनले नेपाल आइडलको मञ्चबाट विश्वसामु छरेका छन् ।

सालिन एवं अनुशासन उनको सबल पक्ष हो । नेशनको आवाजलाई मन पराउनेहरुको जमात बेग्लै भइसकेको छ अब । हिजो कसैले नचिन्ने नेशनलाई आज सबैले चिन्न थालेका छन् । पोखराको गल्लीगल्ली, चोकचोक एवं कलेज रेष्टुरेन्टहरुमा उनको नामको प्रचा, पम्पलेट टाँसिएको देख्न सकिन्छ ।

सुरिलो आवाजका धनि नेशनलाई सबैको साथको खाँचो छ । उनलाई फाइनल सम्म पुर्याउन निरन्तर भोट गर्नुपर्ने हुन्छ । आफ्नो मोबाइलको म्यासेज बक्समा गई NI Type गरि 37000 मा SMS पठाउन सक्नुहुन्छ अथवा 16667708 मा सिदै डायल गरि भोट गर्न सकिन्छ । यस्तै,अनलाईन भोटिङ RESPECT & RISE APP डाउनलोड गरि भोटिङ गर्ने व्यवस्था आयोजकले मिलाएको छ ।
नेशनलाई आइडल बनाउन सहयोगको क्रम जारी

नेशन पुन मगरलाई आइडल बनाउन सहयोगको क्रम जारी छ । पोखराको पृथ्वी नारायण क्याम्पस, पोखरा युनिर्भसिटी, डब्लु आरसी, पेक इंग्लिस बोर्डिङ स्कुलमा समितिनै गठन भएको छ । पृथ्वीनारायण क्याम्पसमा बिष्णु पुनको संयोजनमा ११ सदस्यीय, पोखरा युनिर्भसिटीमा ७ सदस्यीय, डब्लु आरसीमा ९ सदस्यीय, पेक इंग्लिस बोर्डिङमा ६ सदस्यीय समिति गठन गरिएको हो ।

यस्तै, खिवाङगी समाज युके, कर्वाकेली समाज नदिपुर, पुन समाज पोखरा लगायत राज कुमार पुन, एलिस गर्बुजा(हङकङ), बेक प्रसाद गर्बुजा, चन्द्र गर्बुजा, डा.पर बहादुर पुन (अष्ट्रेलिया), दल बहादुर पुन (अमेरिका), नानी पुन, माया गुरुङ, निता बुदुजा, राममाया बुदुजा, नर कु. बुदुजाले आर्थिक रुपमा सहयोग गरेका छन् ।

आर्थिक सहयोग गर्नेमा म्याग्दी स्थाई घर भएका तर हाल अमेरिकामा बसोबास गरेका ग्यानी पुर्जा, देवी पुर्जा, जुना गर्बुजा, यशोदा तिलिजा, सुशिला पुर्जा, तारा तिलिजा, किरण गर्बुजा, दुध बहादुर बुदुजा, प्रितीमाया पुन, मनकुमारी बुदुजा, रेशमी पुन, बुद्धि पाइजा, श्री श्रेष्ठ, ग्यान पुर्जा, सुरेश गर्बुजा, निरु पुर्जा, बिजय गर्बुजा, चीन छन्त्याल, कर्ण रोका, रुकमाया, कम्पास पुन, चक्र रोका, महेन्द्र पुन, खगेन्द्र पुन, भक्ती थकाली, जम्बु शेर्पा, सोम बुढाथोकी, बुद्दी गौचन, मोतीराज गुरुङ, राममाया बुदुजा लगायतले सहयोग गरेको सहयोग समितिका संयोजक नारायण पुनले बताए ।