घरेडी १२ भाई चेलीवेटीले नारी दिवस मनायो


पोखरा । कास्कीको पुम्दीभुम्दी कालाबाङ घरेडी जन्मघर भई हाल पोखरा लगाएत विभिन्न स्थानमा वसोवास गर्ने घरेडी १२ भाई चेलीवेटीले पहिलो पटक ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आईतबार एक अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक नन्दसुबा गुरुङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । त्यसै गरी अध्यक्ष बुद्धिमाया गुरुङले नारी दिवस किन ? कहाँबाट ? कसरी ?सुरुआत भएको भन्ने बारे प्रकाश पार्दै आफ्ना भनाई राख्नुभएको थियो ।

सो अवसरमा सल्लाहाकार वसन्ती गुरुङ, सदस्य लक्षिनादेवी गुरुङले नारी दिवसको महत्वमाथी प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा थप ५४ जना सदस्यहरु समुहमा आवद्ध भएका थिए । हालसम्म समुहमा १०५ जना सदस्य पुगेको सचिव शर्मिला गुरुङले वताउनुभयो ।

त्यसै गरी समुहमा आवद्ध सदस्यहरुले सहयोग वापत दुई लाख २० हजार सात सय १० रुपैया आर्थिक संकलन भएको कोषाध्यक्ष शुष्मा गुरुङले वताउनुभयो ।

समुहलाई दिगो र शक्तिशाली बनाउने उद्देश्यले आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने दिदिबहिनीहरुलाई धन्यवाद व्यक्त गरिएको थियो ।

समुहकी अध्यक्ष बुद्धिमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शर्मिला गुरुङले र स्वागत मन्तव्य उपाध्यक्ष बिना गुरुङले गर्नुभएको थियो ।