आहा रारा गोल्ड कपको उपाधिको लागि मनाङ र पुलिस भिड्ने


पोखरा-गत बर्षको उपविजेता त्रिभुवन आर्मी क्लवलाई नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले पराजित गर्दै १८ औं आहा रारा गोल्ड कपको फाइनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा मनाङले आर्मीलाई ३—२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।

चैत एक गते हुने फाइनल खेलमा मनाङले उपाधि सहित १० लाख एक हजार पुरस्कारको लागि विभागिय टोली चिर परिचित प्रतिद्धोन्दी नेपाल पुलिस क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको हो । मनाङको जितमा म्यान अफ दी म्याच घोषित विदेशी खेलाडी फ्लोरेन्ट, विमल राना र अञ्जन विष्टले एक÷एक गोलको योगदान दिए ।

खेलको चौथो मिनेटमा मनाङले एक गोलको अग्रता लिदै पहिलो हाप पुरै जसो आर्मीलाई दबाबमा पार्न सफल भयो । शुसिल लामाको कर्नर वलमा मनाङका फ्लोरेन्टले पहिलो गोल गर्न सफल भए । खेलको २९ औं मिनेटमा अन्जन विष्टको क्रस वलमा विमल रानाले गोल गरी टिमलाई २—० को अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा विमल रानाको पासमा अन्जन विष्टले गोल गरे ।

२—० ले पछि परेको अबस्थामा आर्मीका कप्तान भरत खवासले खेलको ४२ औं मिनेटमा गोल गरे । सुमन अर्यालको पासमा उनले गोल गरेका हुन्। ३—१ ले पछि परेको अबस्थामा आर्मीका दीप लामाले एक गोल गरी गोल अन्तर कम गराए । टंक बस्नेतको पासमा लामाले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन्। आहा राराको ३ पटक फाइनलमा पुगे पनि उपाधि चुम्न विफल भएको आर्मीलाई यसपाली उपाधि चुम्ने ठुलो सपना भए पनि खेलको सुरुवातमै गोल खादा कम व्याकको प्रयास भए पनि अन्ततः मनाङसंग हार्नु पर्यो । आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा यस पटक पनि आहा रारामा उपाधि जित्ने सपना अधुरै रह्यो । खेलको २२ औं मिनेटमा जोर्ज पिन्स कार्कीले डि वक्स भित्रबाट प्रहार गरेको वल पोष्ट माथिबाट बाहिरिएको थियो । त्यसै गरी कार्कीले दोश्रो हापको २४ औं मिनेटमा पाएको वल सदुपयोग गर्न सकेनन। उनले करिब पेनाल्टी एरिया नजिकबाट प्रहार गगरेको हेड वल क्रस वार नजिकैबाट बाहिरिएको थियो । दोश्रो हापको २९ औं मिनेटमा नगयुग श्रेष्ठको प्रहारलाई विपक्षि गोलरक्षक सुजित गुरुङले बचाउ गरे । दोश्रो सेमिफाइनल खेलमा भने पोखरेली दर्शकको उल्लेखनिय दर्शको सहभागिता रहेको थियो । अन्य दिनको तुलनामा केही बढी दर्शक रंगशालामा पुगेका थिए ।

मनाङले पाएका थप केही अवसर सदुपयोग गर्न नसक्दा गोल अन्तर फराकिलो पार्न सकेन् । मनाङका अन्जन विष्ट, दयानन्द सिंह, विमल राना, पुजन उपरकोटीका केही अवसर खेर गएका थिए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले खेलको सुरुवातमै गोल खाएर दबाबमा परेको बताए । उनले आफुहरुले पाएका केही अवसर सदुपयोग हुन नसक्दा पनि पराजित हुनु परेको बताए । मनाङका प्रशिक्षक फुजा टोपले आफ्नो टिमले आफ्नो रणनिती अनुसार खेल प्रर्दशन गरेको हुदा जित हात पार्न सफल भएको बताए । पुलिस बिरुद्धको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी जित निकाल्ने उनले दाबी गरे । आहामा ९ पटक सहभागि भएको मनाङले ५ पटक विजेता भई सकेको छ ।

विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा मनाङ मस्र्याङदी बिरुद्ध विभागिय टोली त्रिभुवन आर्मी क्लव बिच खेल हुने भएको छ । विजेता टोलीले उपाधि सहित १० लाख नगद पुरस्कारको लागि नेपाल पुलिस क्लवसंग चैत एक गते फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । मनाङले झापा ११ लाई र आर्मीले संकटा क्लवलाई पराजित गर्र्दै सेमिफाइनलमा यात्रा बनाएका हुन्।