लायन्स क्लब अफ पोखरा पिस सिभिकमा ढकाल


पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकको लायन वर्ष २०२०/२०२१ को अध्यक्षमा किरण ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा रामकृष्ण तिवारी, दितिय उपाध्यक्षमा विनोद भुजेल, तृतिय उपाध्यक्षमा रेशम खड्का, सचिवमा विकास कंडेल, क्लब प्रशासकमा गणश पराजुली, कोषाध्यक्षमा मित्रवन्धु वराल, सह-सचिवमा यज्ञप्रसाद तिवारी, सह-कोषाध्यक्षमा हरीप्रसाद अधिकारी, क्लब मेम्बरशिप चियरपर्सनमा महेन्द्र अधिकारी, एलसिआइफ कोर्डिनेटरमा नरेशप्रसाद बराल साथै निर्देशकहरुमा दुर्गा भाट, इन्द्रा राना, ईश्वरी बिसि, बिनोद बराल, सबिता शर्मा निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रिजन ४७ का रिजन चेयर पर्सन तथा क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारीले उद्घाटन गर्दै क्लबले डिष्ट्रक्टले अवलम्ब गरेका कार्यक्रमहरुलाई प्राथमिकता दिनुका साथै आफ्नो क्लबले नियमित रुपमा गरेका कार्यहरुलाई पनि निरन्तरता दिनु पर्ने वताए ।

क्लबका निवर्तमान अध्यक्ष स्थानेश्वर तिवारीको संयोजकत्वमा पवित्रराज तिवारी र बुद्धिनाथ वराल (प्रदिप) सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।

क्लबका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष विकास प्रसाद कंडेल स्वागत प्रथम उपाध्यक्ष किरण ढकालले, धन्यवाद ज्ञापन दितिय उपाध्यक्ष रामकृष्ण तिवारीले र संचालन सचिव रेशम खड्काले गरेका थिए ।