स्पेनी प्रधानमन्त्रीपत्नीलाई कोरोना भाईरस,दुई मन्त्रीपनि सङ्क्रमित 


FILE - In this Dec. 3, 2019, file photo, Spanish Prime Minister Pedro Sanchez and his wife Begona Gomez arrive at 10 Downing Street in London. Spain's government said Saturday March 14th, 2020 that the wife of Prime Minister Pedro Sanchez has tested positive for the new coronavirus. It said Begona Gomez and the prime minister are in good health and following the instructions of medical authorities at their residence in La Moncloa Palace in Madrid, the government seat. The vast majority of people recover from the new coronavirus. According to the World Health Organization, most people recover in about two to six weeks, depending on the severity of the illness. (AP Photo/Alastair Grant, File)

स्पेन। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । शनिवार राति प्रधानमन्त्री पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण भएको पुष्टि भएको हो। 
कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। 

स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको छ।  सरकारका अनुसार दुवै जना म्याड्रिडस्थित प्रधानमन्त्रीको निवासमा बसिरहेका छन् र उनीहरू अवस्था ठिकै छ।

 चार करोड ६७ लाख जनसङ्ख्या भएको स्पेनमा ६,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।शनिबारसम्म कोरोनाका कारण मृत्यु हुने संख्या १९६ पुगेको छ ।