मिगौला पिडित सिर्पालीलाई ३६ हजार सहयोग


भैरती घले/पोखरा । पोखरा २० भलामको महेन्द्र आधारभूत विद्यालयको ३ कक्षामा अध्ययनरत मिर्गौला पिडित सरोज सिर्पालीलाई विभिन्न व्यक्ति तथा संघ संस्थाले ३६ हजार सहयोग गरेका छन् ।

बुधबार श्रृङखला क्लब भलामको आयोजनामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा क्यानडामा रहेको कस्केलीहरुको सामाजिक संस्था कास्की समाज क्यानडा तथा विभिन्न संघसंस्था एवं व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।

कास्की समाज क्यानडाका अभिभावक भरतबहादुर थापाले मिर्गौला पिडित भलाम आधारभुत विद्यालय कक्षा ३ मा अध्ययनरत सरोज सिर्पालीकी आमा रनकुमारी सिरपालीलाई ३६ हजार रुपैया हस्तान्तरण गरेका थिए ।

भरतबहादुर थापाकी आमा तथा कार्यसमिति सदस्य बविता थापाकी सासुआमा दुर्गादेवी थापाको ४५ दिनको पुण्यतिथिमा कास्की समाज क्यानडाका संस्थापक अध्यक्ष एवम् श्रृङ्खला क्लवका पूर्वसचिव रमेशबहादुर खत्रीले क्यानडामा संकलन गरी पठाएको २२ हजार रुपैया हस्तान्तरण गरेका हुन ।

त्यसै गरी रुपा नेपालीले पाँच हजार, धिरज गौतमले तीन हजार, रमेश केसीले दुई हजार, कृष्णबहादुर केसीले एक हजार, चन्द्रमान रसाईली, खिमबहादुर नेपाली र गोमा पहारीले नगद सहयोग गरेका छन् । हालसम्म स्थानियले आर्थिक संकलन गरी करिब ५० हजार सहयोग गरिसकेको जीवन अधिकारीले वताए ।

सो अवसरमा विद्यालयका कक्षा १ देखि ९ सम्मका करिब २ सय जना विद्यार्थीहरुलाई माक्स वितरण गरिनुका साथै कोरोना भाइरस सम्बन्धि सतेचना कार्यक्रम गरिएको थियो । सतेचना कार्यक्रममा प्रशिक्षण नेपाल औषधि व्यवसाय संघ कास्कीका उपाध्यक्ष धिरज गौतम र क्लबका सचिव रेशम खत्रीले दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा २० की वडासदस्य मनवुजा वि.क., भरतबहादुर थापा, भलाम आविका अध्यक्ष अर्जुनबहादुर क्षेत्री, भलाम आविका प्रअ कुलप्रसाद पौडेल, समाजसेवी क्याप्टेन गंगाबहादुर खत्री, क्लबका पूर्व अध्यक्ष निर्मल खत्री, हरिहर भक्ति आमा समूहकी उपाध्यक्ष राधा खत्री लगाएतले वोलेका थिए ।

क्लबका कार्यवाहक अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका संस्थापक अध्यक्ष रवि किनारा लामिछाने र कार्यक्रम संचालन सचिव रेशम खत्रीले गरेका थिए ।