उपप्रमुख गुरुङद्धारा चैतको भाडा बापतको ६५ हजार मिनाहा


पोखरा – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा रहेको आफनो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।

उपप्रमुख गुरुङको घोषणा पोखरामा घर भाडामा दिने घरबेटीहरुलाई समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पोखराका ब्यवसायीले ब्यवसाय धरासायी बन्दै गएको भन्दै छुट घर भाडामा छुट दिन माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गर्नुभएको हो ।

विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तब्यस्त भएको भन्दै उहाँले ब्यवसायीलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको उपप्रमुख गुरुङल बताउनुभयो । उहाँले मासिक ६५ हजार रुपैयाँमा भाडामा दिनुभएको छ । चैत महिनाको भाडा आफुले नलिने घोषणा गरेको बताउदै उहाँले भन्नुभयो, ‘ब्यवसायीलाई एक महिनाको भाडा नलिदा राहत हुने अपेक्षा सहित भाडा मिनाहा गर्ने निर्णय गरेकी छु ।’