एनआरएनले कोरोना बिरुद्द लड्न सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने


बार्सिलोना। गैर आवासीय नेपाली संघले कोरोना भाईरसको संक्रमण महामारी बिरुद्द लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ  सहयोग गर्ने निर्णय गरेको छ । संघको आइतवार बसेको अन्तराष्ट्रिय परिषद (आइसीसी) को बैठकले राहत कोषमा सहयोग गर्ने निर्णय गरेको हो। 

संघका प्रबक्ता डिबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।   

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो