गण्डकी प्रदेशमा अत्यावस्यक सेवा बाहेक अन्य सेवा प्रतिवन्ध


पोखरा- पोखरा र गण्डकी प्रदेशमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएकोले भोलि (मंगलबार) देखि प्रदेशका मुख्य नाकामा प्रतिवन्ध गरिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यबस्थापन गर्नका लागि गण्डकी प्रदेशमा गठित उच्च स्तरिय निर्देशन समितिको मंगलबार बसेको पहिलो बैठकले उक्त निणर्य गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले बताए ।

स्याङजाको राम्दी, तनहूँको आपूखैरेनी, बागलुङको बुर्तिबाङ, मुस्ताङको कोरोला, नवलपुरको त्रिवेणी लगायतका नाकामा अत्यावसेक माल सामान ल्याउने सवारी साधन बाहेक अन्य सवारी साधन र मानिसहरुलाई समेत गण्डकी प्रदेश आगमनमा एक हप्तालाई रोक लगाइएको निर्देशक डा. शर्माले जनाए । उच्च स्तरिय समितिका संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्बी सुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले मंगलबार देखि प्रदेशका सवै अस्पतालमा एक हप्ताको लागि ओपीडी सेवा समेत ठप्प गराउने निर्णय गरेको छ । निर्देशक डा. शर्माका अनुसार ५० बेड भन्दा माथिका हस्पिटलले मंगलबार देखि फिवर क्लिनिकको रुपमा संचालन गर्ने कोरोना भाइरस सम्बन्धि आवश्यक पर्ने इकुपमेन्ट उपलब्ध गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने भएको छ । नेपालमा पनि कोरोना भाइरसको शंक्रमण देखा परेकोले यसबाट पूर्व सतर्कता र सजगता आवश्यक भएकोले एक जना संक्रमित बिरामीले सयौं जनामा रोग सार्न सक्ने भएकोले हाल ओपीडी सेवा बन्द गर्नुपरेको निर्देशक डा. शर्माले जनाए ।

सरकारले चैत ९ गते २१ गतेसम्म अत्यावसेक सेवा(१९ वटा) बाहेक अन्य सेवा ठप्प गर्न दएको निर्देशन उल्लङघन गर्दै पोखरा सहितका प्रदेशका धेरै ठाउँमा यस्तो देखिएसंगै उच्च स्तरिय समितिले धेरै भिड भएको स्थलहरुमा नजान र सकभर घरबाट बाहिर ननिस्किन आग्रह गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । सरकारले एक हप्ता पछि अबस्था हेरीकन पुनः अर्को निर्णय लिने भएको उनले जनाए । मानव जिवनको स्वास्थ्यसंग जोजिएकोले अहिलेको अबस्थामा जथभावी रुपमा बाहिर ननिस्किन र धेरै मानिसहरु सकभर जम्मा नहुन समेत सरकारले आग्रह गरेको प्रवक्ता बस्नेतले बताए । हाल प्रदेशमा पिपिई (पर्सनल प्रोटेक्टिभ इकुपमेन्ट) १ सयि ५२ थान भएकोले आवयकताको आधारमा कोरोना भाइरसको स्याम्पल परिक्षणको लागि हाल प्रदेशका हरेक जिल्लामा दुई÷दुई वटाको दरले पठाएको निर्देशक डा. शर्माले जनाए ।

साविक लेखनाथको लेखनाथ सामुदायिक हस्पिटलमा आइसोलेसन बार्डको रुपमा तयारी अबस्थामा राख्ने र क्वारेनटाइनको रुपमा पोखरा मालेपाटनमा रहेको कृषि तालिम केन्द्रमा ६० बेडको बुधबार सम्म तयारी गरिने भएको उनले जनाए । निजी सवारी साधनहरुलाई भने सकभर ननिस्किन आग्रह गरिएको छ भने आवश्यक परेको खण्डमा थोरै सङख्यामा हिडडुल गर्न समितिले सुझाव दिएको छ ।

कोरोना सम्बन्धि कुनै समस्या भएमा विहान ८ बजे देखि बेलुका ५ बजेसम्म हेल्लो डाक्टर साव ०६१—५२४०७४ मा सम्पर्क गर्न सकिने प्रबन्ध मिलाएको निर्देशक डा. शर्माले जनाए । यदि कुनै बिरामीको स्याम्पल परिक्षण पश्चात पोजेटिभ आएमा पोजेटिभ देखिएको बिरामीलाई लेखनाथ सामुदायिक अस्पतालमा उपचार गरिने र उनका परिवारका सदस्यलाई भने कृषि तालिम केन्द्रमा हालै स्थापना हुने क्वारेनटाइनमा राखिने भएको छ । सम्भावित जोखिमलाई न्यूनिकरण गर्नको लागि मुख्यमन्त्री विपद व्याबस्थापन कोषमा करिब १० करोड रुपैया विनियोजन गर्ने छलफलमा प्रस्ताव गरिएको छ ।

पोखरामा कोरोना भाइरस सम्बन्धि लिएको एक स्याम्पल कुरिएरका कारण हिजो काठाण्डौं पठाउन सकिएको छैन् । वल्र्ड वाइड कुरिएर सेवाले काठमाण्डौंमा आफ्ना कर्मचारी हाल नभएको भने पछि स्याम्पल पठाउन समस्या भएको निर्देशक डा. शर्माले बताए । उनले भने “ तापक्रम मिलाएर हामीले राखेका छौं, चार दिनसम्म पनि स्याम्पल पठाउन सकिन्छ, हिजो र आज पनि हामीले लिएको स्याम्पल भोलि पठाउने व्यबस्था मिलाउछौं ।” बैकल्पीक क्यारेनटाइनको रुपमा मातृ शिशु अस्पताललाई प्रयोग गरिने तयारी गरिएको छ । प्रदेशका हरेक जिल्लामा न्यूनतम ३ बेडको आइसोलेसन कक्ष तयार पारिएको छ ।

पोखरा र तनहँुमा गरी हालसम्म एक सय वटा बेडहरु आइसोलेसनको लागि तयारी अबस्थामा राखिएको छ । चरक मेमोरियल हस्पिटलमा ३०, तनहुँको जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्रमा ३०, गण्डकी मेडिकल कलेजमा १५, मणिपाल शिक्षण अस्पतालमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड आइसोलेसन कक्षाको रुपमा बेडहरु तयारी अबस्थामा रहेको निर्देशक डा. शर्माले बताए । क्वारेनटाइनको लागि सकभर सेल्फ आफ्नै घरमा बस्नु नै अति उत्तम हुने भएको उनले जनाए । कोरोना भाइरस संक्रमण भएको व्यत्तिले घरमा ४÷५ जनामा संक्रमण फैलाउने जोखिम भए पनि हस्पिटलमा भने एक सय भन्दा बढीमा हुने सम्भावना रहेको उनले बताए ।