स्पेनमा झण्डै ४० हजार कोरोना संक्रमित,एकैदिनमा ५ सयको मृत्यु


बार्सिलोना। कोरोना भाईरस (कोभिड–१९)  को प्रकोपले स्पेनमा झन् भयावह रुप लिदैछ। स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५१४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। ३९६७३ जनामा संक्रमण भेटिएको छ। कोभिड–१९ का कारण हालसम्म २६९६ जनाले ज्यान गुमाएका छन् भने ३७९४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। कोरोनाका कारण म्याड्रिडमा मात्र १५३५ जनाले ज्यान गुमाईसकेका छन्। त्यो जम्मा मृत्युहुने संख्याको ५७ प्रतिशत हो। म्याड्रिडमा १२३५२ जनालाई कोरोनाको संक्रमण देखिएको छ। नेपाली राजदूताबास समेत रहेको म्याड्रिडमा झण्डै ६ सयको संख्यामा नेपालीहरु रहेको अनुमान छ। 

राजधानी म्याड्रिडपछि बढी प्रभावित क्षेत्र कातालोनिया हो। ३ देखि ४ हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको सो क्षेत्रमा पनि कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो देखिन्छ। पर्यटकीय शहर बार्सिलोना समेत रहेको कातोलोनिया क्षेत्रमा ७८६४ जना संक्रमित भेटिएका छन्। कोभिड–१९ को कारण यहाँ हालसम्म २८२ जनाको मृत्यु भएको छ। 

नेपालीहरुको बसोबास रहेको पाईसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो। सो क्षेत्रमा २७२८ जना संक्रमित भेटिएका छन् भने १३३ जनाको मृत्यु भएको छ। नेपाली राजदूताबास म्याड्रिडका अनुसार हालसम्म कुनैपनि नेपालीलाई कोभिड-१९ को  संक्रमण भेटिएको छैन। स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेको नेपाली समाजका अगुवाहरुले बताउदै आएका छन्। 
(मार्च २४ तारिख मंगलबार स्थानीय समय मध्यान्न १२ बजेसम्मको अपडेड )

थप तथ्याङ्क :-

  • Cifras totales: 39. 673 casos diagnosticados, 2.696 muertos
  • 12.352 en Madrid (1.535 muertos)
  • 7.864 en Cataluña (282 muertos)
  • 2.728 en País Vasco (133 muertos)
  • 2.465 en Castilla-La Mancha (216 muertos)
  • 2.460 en Castilla y León (124 muertos) 
  • 1.471 en Andalucía (87 muertos)
  • 2.167 en la Comunidad Valenciana (115 muertos) 
  • 1.415 en Galicia (22 muertos)
  • 1.014 en Navarra (31 muertos)
  • 802 en La Rioja (30 muertos)
  • 758 en Aragón (37 muertos)
  • 662 en Asturias (22 muertos)
  • 636 en Extremadura (26 muertos)
  • 557 en Canarias (16 muertos)
  • 478 en Baleares (13 muertos) 
  • 425 en Cantabria (9 muertos)
  • 385 en Murcia (3 muertos)
  • 28 en Melilla
  • 6 en Ceuta
  • Se han curado 3.794 personas

Fuente: Ministerio de Sanidad