नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि


काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ३४ वर्षका उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। उनी पुरूष हुन्।