बेलायतमा कोरोना भाइरसबाट एकै दिन ५६३ जनाको मृत्यु


skynews-coronavirus-uk

लण्डन, एप्रिल १ (जीएनएन) – बेलायतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५९३ जनाको मृत्यु भएको छ । अब बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या २,३५२ पुगेको छ ।

इंग्ल्यान्डकी उप प्रमुख मेडिकल अधिकृत डा. जेनी ह्यारीसले मृत्युदर अर्को हप्ता अझ खराब हुने बताइन् । बेलायती स्वास्थ्य विभाग अनुसार बुधबार बिहान ९ बजे सम्म कोरोना भाइरसबाट २९,४७४ जना संक्रमित भएको पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ४,३२४ नयाँ संक्रमितहरु थपिएका छन् ।

गत हप्ता स्वास्थ्य मन्त्रालयले प्रति दिन १०,००० जनाको परीक्षणको लक्ष्य लिएको थियो । तर अहिले दैनिक जम्मा ८,००० को मात्र परीक्षण भै रहेको छ । कोभिड-१९ को परीक्षण बढाउन सरकार माथि दबाब बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया