कोभिड–१९ सँग लडेको इटाली :- नेपालीहरुको अबस्था कस्तो छ ?(लाईभ बहस)


बार्सिलोना। कोरोना भाइरस कोभिड–१९ ले इटालीको नेपाली समुदायलाई पारेको प्रभावबारे बहस भएको छ। नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा कार्यक्रममा एनआरएनटक मार्फत छलफल भएको हो। 

सवैभन्दा बढी प्रभावित क्षेत्र लोम्बार्डी, ईमिलिया रोमाना, लाजियो,तोस्काना, भेनेतो र  भालदिएवस्था क्षेत्रहरुमा बस्दै आएका नेपालीहरुले सहभागी बनेका थिए। बहस कार्यक्रममा एनआरएनए आईसीसी सदस्य दिपेशकुमार रेग्मी(पिसा),एनआरएनए इटालीका अध्यक्ष देवराज गुरुङ (रोम), रोम समाजका अध्यक्ष हरिभक्त काराखेती,भेनिस समाजका अध्यक्ष राजन चापागाई, एनआरएनए उपाध्यक्ष छबिलाल कडेल (मिलान),महासचिव भबेश कुमार सिंह (मिलान), एनआरएनए पूर्व उपाध्यक्ष  मनोजकुमार कार्की (पार्मा) र भालदिएवस्था क्षेत्रबाट भुवन लिम्बु सहभागी बनेका थिए। 

स्पेनस्थित पत्रकार बसन्त रानाभाटले संचालन गरेको कार्यक्रममा लकडाउनपछि इटालीमा नेपाली समुदायलाई परेको प्रभावका बिषयमा छलफल भएको थियो।स्थानीय प्रशासनद्वारा जारी नियम, सरकारको सामाजिक सुरक्षा योजना तथा एनआरएनको राहत बितरण कार्यक्रमबारे चर्चा भएको थियो। 

कार्यक्रममा सहभागी बक्ताहरुले इटालीबाट नेपालले पाठ सिक्नुपर्ने बताउदै कोराना प्रकोप नियन्त्रणकालागि प्रत्येक ब्यक्ति ईमान्दार बन्नुपर्नेमा जोड दिएका थिए। हेर्नुहोस् :

कोभिड-१९ बिशेष बहसको पूरा भिडियो हेर्नुहोस् :-

कोभिड–१९ सँग लडेको इटाली :- नेपालीहरुको अबस्था कस्तो छ ?

कोभिड–१९ सँग लडेको इटाली :- नेपालीहरुको अबस्था कस्तो छ ? इटालीको ६ वटा क्षेत्रमा रहेका नेपालीहरुलाई एकै ठाउँमा एनआरएनटकमार्फत लाईभमा

Posted by Nepalinepali.com on Sunday, April 5, 2020