ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन अस्पताल भर्ना


लन्डन, एप्रिल ५ (जीएनएन ) -ब्रिटिश प्रधानमंत्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयले जनाएको छ । “यो इमर्जेन्सी भर्ना होइन , १० दिनसम्म स्व-एकान्तवासमा बसे पछि थप परीक्षणकालागि उनी अस्पताल भर्ना गरिएका हुन्,” डाउनिंग स्ट्रिटद्वारा भर्खरै जारी एक वक्तव्यमा भनिएको छ ।

गत २७ मार्चमा प्रधानमंत्री जोनसनले आफु कोरोनाबाट संक्रमित भएको जनाएका थिए । जरो न घटे पछि उनलाई अस्पताल भर्ना गर्नु परेको जनाइएको छ । कोरोना भाइरसबाट संक्रमित ब्रिटिश स्वास्थ्य मंत्री म्याट ह्यानकक भने एक साता लामो स्व-एकान्तवास पछि काममा फर्की सकेका छन् ।