वैशाख ३ गतेसम्म “लकडाउन” लम्ब्याउने सरकारकाे निर्णय


काठमाण्डाै – सरकारले “लकडाउन” लाई आगामी वैशाख ३ गतेसम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद वैठकले वैशाख ३ गतेसम्म “लकडाउन” लम्ब्याउने निर्णय गरेको हो ।

कोरोनाभाइरस को संक्रमण हुनबाट जोगिन सरकारले चैत्र ११ गते देखि १८ गतेसम्म देशभर लकडाउन घोषणा गरेको थियो । १ हप्ताको लकडाउनको अवधि सकिएपछि चैत्र २५ सम्म पुनः थप गरिएको थियो ।
सोमबारको निर्णय सँगै सरकारले दोस्रो पटक लकडाउनको समयावधि थप गरेको हो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन्।
आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

लगानि वोर्डका कार्यकारी प्रमुख रहनु भएका अधिकारी, अर्थमन्त्री युवराज खतिवडा गर्भनर हुँदाको बखत् डेपुटी गर्भनर हुनुहुन्थ्यो । अधिकारीको कार्यकाल पाँच वर्षको हुनेछ ।