पोर्चुगलमा नेपालीको अवस्था पीडादायी छ


योगेन्द्र मिलन छन्त्याल, संयोजक, नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा

पोर्चुगलमा बडो दु:खद्‍ अवस्था छ । वाणिज्य दूतावासले नेपालीहरु कहाँकहाँ समस्यामा परेका छन् खोजी गर्नुपर्ने हो । मानौं त्यो संस्था निष्‍क्रिय भयो भने एनआरएनएले पोर्चुगलले यस्ता विवरण खोज्‍नुपर्ने हो । तर, यी काम भएको छैन । मेरो जानकारीमा आएसम्म पोर्चुगलमा हालसम्म १९ जना नेपाली संक्रमित भएका छन् ।

कम्पनीहरुका कारण धेरैजना नेपाली पोर्चुगल सरकारले दिने सामाजिक सुरक्षा योजनाबाट वञ्चित छन् । त्यस्ता २०-३० वटा घटनाको जानकारी आएको छ । नेपाली, भारतीय, चिनियाँ रेष्टुरेन्टहरुले म आफैँ स्वेच्छाले काम छाड्छु भन्ने कागज बनाइदिएर नेपाली कामदारलाई धपाइदिएका छन् ।

नेपाली व्यवसायीहरुबाट पनि यस्तो काम भएको छ । न फुन्दो पाउँछ, न ले अफका लागि प्रक्रिया गर्न पाउँछ । कामदारको अधिकार खोसिएको छ । त्यसैले नेपाली वाणिज्य दूत र एनआरएनए पोर्चुगल चनाखो हुनुपर्छ । पीडितलाई कानूनी रुपमा सहयोग गर्न जरुरी छ ।

कृषि क्षेत्रमा काम गर्ने केही नेपाली कामबाट निकालिएको जानकारी आएको छ । अझ कतिपय नेपालीहरु भर्खर आएका छन् । एक सय जना नेपाली होस्टलमा छन् । उनीहरुले कति रकम लिएर आएका थिए, त्यो सकिन लागेको हुन सक्छ । पैसा सकियो भने नेपालबाट मगाउन गाह्रो पर्छ । खानाबस्न नै समस्या हुने प्रबल सम्भावना देखिन्छ । पोर्चुगलमा नै बसेर काम गर्नेले पनि बैङ्क खाता खोल्न सक्दैन  ।

खेतीको काममा सम्झौताविना काम गरिरहेकाहरु पनि छन् । यहाँ थुप्रै नेपालीलाई दलालहरुले ल्याएर घरमा थुनेर राखेको छ । काम लगाउने, सम्झौतापत्र बनाउने त कुरै भएन । बिचौलियाहरुले कामदारलाई दबाबमा राखेका छन् । सबै विवरण सार्वजनिक भए, पेपर प्रोसेस नै सिध्याइदिन्छु भन्ने डर धम्की दिन्छन् । त्यसैले उनीहरु डराएर घटना बाहिर ल्याउन चाहँदैनन् ।

(एनआरएन टकको पोर्चुगल बिशेष कार्यक्रममा नेपाली समुदायका अगुवाहरुसँगै पत्रकार छन्त्यालले राखेको विचारको सम्पादित अंश :-

यो पनि पढ्नुहोस् :- 

पोर्चुगलको खेतिमा काम गर्ने १० हजार बढी नेपालीहरुको अबस्था कस्तो छ ?

पोर्चुगलमा बिचौलियाबाट ठगिएको घटना भए दूताबासमा निबेदन दिनुहोस् !