विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्याे


काठमाण्डौ – विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । शनिबार बेलुकासम्म विश्वभर १ लाख ३ हजार ५०६ जनाको मृत्यु भएको छ ।

संक्रमित हुनेहरुको संख्या १७ लाख १० हजार १४८ पुगेको छ भने ३ लाख ८२ हजार ४१ जना निको भएर सामान्य जिवनमा फर्किएका छन् ।

शनिवार नयाँ संक्रमित ११ हजार ३१३ थपिएका छन् भने ३३ देशमा गरि आज ८२२ जनाको मृत्यु भएको छ । अमेरिकामा १४, स्पेनमा २७२, चाईनामा ३, बेल्जियममा ३२७, स्वीट्जरल्याण्डमा १, ब्राजिलमा ६, अष्ट्रियामा १८, रसियामा १२, दक्षिण कोरियामा ३, अष्ट्रलियामा २, पोल्याण्डमा १४, रोमानियामा १२, चेचियामा ४, पाकिस्तानमा ५, मलेसियामा ३, फिलिपिन्समा २६, मेक्सिकोमा ३९, इन्डोनेसियामा २१, थाईल्याण्डमा २, यूक्रेनमा ४, बेलारुसमा ४, मोरक्को ३, न्यूजिल्याण्ड २, र हंगेरीमा ८ जनाको मृत्यु भएको छ भने आज ३३ देशमा गरि ८२२ जनाको मृत्यु भएको छ ।

वढि सकस अमेरिकामा, ५ लाख हजार ३ हजार १७७ जनामा संक्रमण, १८ हजार ७६१ को मृत्यु

कोरोननाभाइरसको संक्रमण अमेरिकामा वढि देखिएको छ । अमेरिकामा ५ लाख हजार ३ हजार १७७ जनामा संक्रमण देखिएको छ । १८ हजार ७६१ को मृत्यु भएको छ भने २७ हजार ३१४ जना निको भएका छन् । त्यहाँ ४ लाख ५७ हजार १०२ वटा सक्रिय केस रहेका छन् । १० हजार ९१७ को अवस्था गम्भिर रहेको छ । अमेरिकामा हालसम्म २५ लाख ३८ हजार ८८८ को नमूना परिक्षण गरिएको छ ।

स्पेन दोश्रो धेरै संक्रमण फैलिएको देश हो । जहाँ १ लाख ६१ हजार ८५२ जनामा संक्रमण देखिएको छ भने १६ हजार ३५३ जनाको मृत्यु भएको छ । ५९ हजार १०९ जना निको भएका छन् । ८६ हजार ३९० वटा सक्रिय केस रहेका छन् भने ७ हजार ३७१ को अवस्था गम्भिर रहेको छ । स्पेनमा अहिलेसम्म ३ लाख ५५ हजार नमूना परिक्षण गरिएको छ ।

इटालीमा १ लाख ४७ हजार ५७७ जनामा संक्रमण देखिएको छ । १८ हजार ८४९ जनाको मृत्यु भएको छ भने ३० हजार ४५५ जना निको भईसकेका छन् । त्यहाँ सक्रिय केस ९८ हजार २७३ वटा रहेका छन् भने ९ लाख ६ हजार ८६४ वटा नमूना परिक्षण गरिएको छ ।

फ्रान्समा १ लाख २४ हजार ८६९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म १३ हजार १९७ जनाको मृत्यु भएको छ भने २४ हजार ९३२ जना निको भएका छन् । त्यहाँ सक्रिय केस ८६ हजार ७४० रहेका छन् र अहिलेसम्म ३ लाख ३३ हजार ८०७ वटा नमूना परिक्षण गरिएको छ ।

भारतमा ७ हजार ६०० मा संक्रमण देखिएको छ । अहिलेसम्म २४९ जनाको मृत्यु भएको छ भने २५ जना उपचार पछि घर फर्किएका छन् । त्यहाँ ७ हजार ७७७ सक्रिय केस रहेका छन् भने अहिलेसम्म ५३ हजार नमूना परिक्षण गरिएको वल्र्डओमिटर्स डट कमले लेखेको छ ।