चुल्हो निभेकाको चुल्हो वाल्न संसाद बरालको आग्रह


पोखरा -गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले देशमा हाल कोरोना भाइरसको कारण लकडाउन भएको अबस्थामा चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह गरेकाछन्। पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर टोल क्षेत्रमा बुधबार पुगेका सांसद बरालले केही स्थानीय बासिको गुनासो सुने पछि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीलाई तत्काल समस्यामा भएकाहरुको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
सांसद बरालले भने “हाल देशमा भएको यो विसम परिस्थितीमा अति विपन्न र ज्यालादारी मजदुर जसको कुनै आयआर्जन र चुल्हो नै बल्न सकेको छैन त्यस्ता व्यक्ति एवं परिवारको पहिचान गरी राहत दिनुपर्छ, यसमा स्थानिले वडा तथा महानगरलाई समेत सहयोग गर्नुपर्छ । ”एकै घर परिवारको नाम दोहोरो रुपमा टिपाएको र केही घर परिवार पहिलो चरणमा राहत लिन नआएकोले गर्दा केही समस्या रहेकोले त्यसलाई सांसद बरालले भने अनुसार राहत नपाएका र तत्काल चुल्हो निभ्ने अबस्थामा पुगेकालाई आफुहरुले छिट्टै व्याबस्थापन गर्ने भएको अध्यक्ष प्रजुले जनाए । पोखरा ३ मा महानगरबाट ४ सय ७९ जनालाई राहत वितरण गरेको अध्यक्ष प्रजुले जनाए ।

बालमन्दिरटोल ÷शंकरटोलका एक स्थानिय रोहित परिवारले आफुसंगै रहेका अन्य केही स्थानियले राहत नपाएकोमा रात उपलब्ध गराउनु पर्ने माग गरेकाछन्। उनले भने “ राज्यले दिने भनेको राहत लाभग्राहिले नपाएमा आन्दोलन हुन्छ । ” बालमन्दिर टोलकी विर सुब्बा गुरुङले कोरोना भाइरसको कारण हाल देशमा लकडाउन भएकोले ज्याला मजदुर गरी घर खर्च चल्दै आएकोमा ५ जनाको परिवारको लागि आज (बुधबार) सम्म चामल भएको तर भोलिबाट आफुहरुले खाने चामल नभएको गुनासो गरिन् । उनी जस्ता करिब ३५ घर परिवारको यस्तै समस्या रहेको छ। बालमन्दिर टोलसहित निलगिरी टोल, कोपिल ढुंगा, नारायणथान मन्दिर नजिक लगायतको क्षेत्रमा राहतको समस्या भएको स्थानियको गुनासो छ ।