एशियाका ४८ देशमा कोरोनाभाइरसबाट संक्रमति हुनेको संख्या ३ लाख ९७ हजार १०२


काठमाण्डौ- मंगलवार मध्यान्हसम्म एशियाका ४८ देशमा कोरोनाभाइरसबाट संक्रमति हुनेको संख्या ३ लाख ९७ हजार १०२ पुगेको छ । अहिलेसम्म १५ हजार १५० को मृत्यु भएको छ । मध्यान्हसम्म ६३३ जना नयाँ संक्रमित देखिएका छन् भने १८ को मृत्यु भएको पाईएको छ ।

एशियामा १ लाख ८६ हजार ६४० जना निको भएर घर फर्किएका छन् भने १ लाख ९५ हजार ३१२ वटा सक्रिय संक्रमणका केसहरु रहेका छन् । जसमा ६ हजार ३११ जनाको अवस्था गम्भिर रहेको छ । मंगलवार मध्यान्हसम्म दक्षिण कोरियामा १, पाकिस्तानमा १६, थाईल्याण्डमा १ गरि १८ जनाको मृत्यु भएको छ ।

चाईनामा ११, भारतमा ११९, दक्षिण कोरियामा ९, पाकिस्तानमा ३२४, थाईल्याण्डमा १९, काजाकिस्तानमा ९७, उज्वेकिस्तानमा ३०, किर्गिजस्थानमा २२, मंगोलियामा १ र भुटानमा १ गरि ६३३ वटा नयाँ केस देखिएका छन् ।

टर्किमा सबैभन्दा वढि संक्रमित छन् । त्यहाँ ९० हजार ९८० संक्रमित रहेका छन् । २ हजार १४० को मृत्यु भएको छ ।

इरानमा ८३ हजार ५०५ जना संक्रमित रहेका छन् । ५ हजार २०९ जनाको मृत्यु भएको छ ।

चाईनामा ८२ हजार ७५८ संक्रमित भएकामा ७७ हजार १२३ निको भईसकेका छन् भने त्यहाँ अहिलेसम्म ४ हजार ६३२ को मृत्यु भएको छ ।

भारतमा १८ हजार ६५८ जना संक्रमित छन् । ५९२ जनाको मृत्यु भएको छ ।

इजरायलमा १३ हजार ७१३ जना संक्रमित रहेका छन् । १७७ जनाको मृत्यु भएको छ ।

जापानमा ११ हजार १३५ जना संक्रमित रहेका छन् भने २६३ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा १० हजार ६८३ जनामा संक्रमण भएको छ । २३७ जनाको मृत्यु भएको छ ।

साउदी अरेबियामा १० हजार ४८४ जना संक्रमित रहेका छन् । १०३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ९ हजार २१६ जनामा संक्रमण देखिएको छ । १९२ जनाको मृत्यु भएको छ ।

सिंगापुरमा ८ हजार १४ संक्रमित छन् भने ११ जनाको मृत्यु भएको छ ।

यूएईमा ७ हजार २६५ जनामा संक्रमण देखिएको छ भने ४३ जनाको मृत्यु भएको छ ।

नेपालमा ३१ जनामा संक्रमण दखिएकोमा ४ जना घर फर्किएका छन् भने २७ वटा केस सक्रिय रहेका छन् ।

अहिलेसम्म इन्डोनेशियामा ५९०, फिलिपिन्स ४२८, कतार ९, मलेसिया ८९, बंगलादेशमा १०१, थाईल्याण्डमा ४८, कुवेतमा ९, काजाकिस्तानमा १९ र बहराईनमा ७ जनाको मृत्यु भएको छ ।

यस्तै उज्वेकिस्तानमा ५, इराकमा ८२, अजरबैजानमा १९, ओमानमा ७, अर्मेनियामा २२, अफगानिस्तानमा ३६, हंङकङमा ४, साईप्रसमा १२, लेवनानमा २१, किर्गिजस्थानमा ७, प्यालेस्टाईनमा ३, जोर्डनमा ७, ताईवानमा ६, जर्जियामा ४, श्रीलंकामा ७, ब्रुनाईमा १, म्यानमारमा ५, सिरीयामा ३ गरि १५ हजार १५० जनाको मृत्यु भएको छ ।

एशियाका कोरोनाभाइरसबाट संक्रमित भेटिएका ४८ देश मध्य नेपालसहितका १० देशमा अहिलेसम्म कसैको मृत्यु भएको छैन । गम्भिर अवस्थामा विरामी एकदमै न्यून रहेका छन् ।श्रोत :वल्र्डओमिटर्स डट इन्फो