राष्ट्रपति भण्डारीद्वारा दुइ अध्यादेश खारेज


काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल संवन्धि दोश्रो संशोधन अध्यादेश तथा संवैधानिक परिषद संवन्धि पहिलो संशोधन अध्यादेश २०७७ लाई शुक्रवार अपरान्ह खारेज गर्नुभएको छ ।

सरकारले मन्त्रीपरिषद वैठकले गरेको अध्यादेश फिर्ता लिने निर्णयपछि गरेको सिफारीस अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ को उपधारा २ को ख मा उल्लेखित प्रावधान बमोजिम अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

गएको वैशाख ८ गते राष्ट्रपति भण्डारीले सरकारले सिफारीस गरेका दुवै अध्यादेश जारि गर्नुभएको थियो ।

अध्यादेश जारि भएपछि सरकारमाथि त्यसको चौतर्फि विरोध र दवाव वढेको थियो । चौतर्फि विरोध, आफ्नै पार्टीका नेताहरुको असन्तुष्टि र पार्टीमा छलफल नै नगरिएको भन्दै प्रधानमन्त्री केपि शर्मा ओलीको आलोचना भईरहेको थियो ।

प्रधानमन्त्री केपि शर्मा ओलीको सरकारी निवास वालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले दुवै अध्यादेशलाई फिर्ता लिने निर्णय गरेको थियो । निर्णय अनुसार पुनः राष्ट्रपति समक्ष सिफारी भएपछि राष्ट्रपति भण्डारीले अपरान्ह अध्यादेश खारेज गर्नुभएको हो ।