एनआरएन केन्द्रले साइप्रस, युएई र कुवेतमा आर्थिक सहयोग गर्ने 


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना पिडित देश मध्य पहिलो चरणमा तीन देशमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार साइप्रस, युएई र कुवेतमा पहिलो चरणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

गैरआवासीय नेपाली संघको गैरआवासीय नेपाली संघको कार्यकारी सचिवालयल बैठकले कोभिड १९ राहत कोषबाट सो रकम दिन निर्णय भएको संघका प्रवक्ता डिबी क्षेत्रीले जनाए ।
सम्वन्धित राष्ट्रिय समन्वय परिषदहरुले संघका कोषाध्यक्ष महेश श्रेष्ठसँग सम्पर्क गरि सो रकम लिएर आवश्यक व्यक्तिहरुलाई राहत वितरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद साईप्रसले ३ हजार, युएईले ५ हजार हजार र कुवेतले ५ हजार डलर आर्थिक सहयोग प्राप्त गर्ने छन् ।