एनआरएन स्पेनमा उपाध्यक्ष गिरीद्वारा कोरोना राहत कोषमा सहयोग 


बार्सिलोना। एनआरएनए स्पेनका उपाध्यक्ष दिनेशकुमार गिरीले कोरोना राहात कोषमा ३ सय ३ युरो सहयोग गरेका छन्। रेष्टुरेन्ट ब्यबसायी समेत गिरीले एनआरएन स्पेन लगायत संघसंस्थाद्वारा गठित सयुक्त मूल सहयोग समितिलाई रकम हस्तान्तरण गरेका हुन्। 

उनले छोरा आभाष गिरीको जन्मदिनको अवसरमा सहयोग गरेको बताएका छन्। गिरीले भने,”अहिले सबैलाई अप्ठारो अबस्था छ,तर पनि आ-आफ्नो तर्फबाट दायित्व सम्झेर छोराको जन्मदिनमा हामीले सहयोग गरेका हौ।”उनले यसअघि आफ्नी छोरी  आश्रीया गिरी अन्नप्राशनको उपलक्ष्यमा एनआरएन स्पेनको भवन खरिद सहयोगार्थ १ हजार युरो सहयोग गर्ने प्रतिबद्वता जनाएका थिए। 

गिरीले आफ्नो ब्यबसायिक साझेदारीमार्फत धुर्मुश सुन्तलीले निर्माण गर्न लागेको क्रिकेट रंगशालामा पनि एक हजार युरो सहयोग गरिसकेका छन्। स्पेनको नेपाली समुदायमा आयोजित प्राय: सबै क्रियाकलाप उनले आर्थिक सहयोग गर्दै आएका छन्।