स्पेनमा लकडाउन:- चार चरणमा खुकुलो पारिने (ग्राफिक्स सहित)


बार्सिलोना। कोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले लकडाउनलाई बिभिन्न चार चरणमा खुकुलो पार्ने जनाएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलवार लकडाउनलाई बिभिन्न ४ चरणमा खुकुलो बनाउने घोषणा गरेका हुन्। 

स्पेनमा कोराना भाइरस नियन्त्रणको प्रयास सकारात्मक दिशातर्फ गइरहेको बेला लकडाउनलाई खुकुलो पार्ने नीति अघि सारिएको हो। यसअघि छ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतवार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका थिए। लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ। 

गत मार्च १४ देखि उनीहरूले घरबाट बाहिर निस्कन पाएका थिएनन्। प्रधानमन्त्री सान्चेजले मे ४ देखि सुरुवाती चरणमा निश्चित सिमाभित्र ब्यायम तथा हिडडुल गर्न सकिने,व्यवसायिक खेलाडीहरुले प्रशिक्षण गर्न पाउने जनाएका छन्। 

यस्तै मे ११,मे २५ र जुन ८ सम्म गरी बिभिन्न चरणमा लकडाउन खुकुलो पार्दै लगिने जनाईएको छ। यसबारे प्रकाश तिवारीले तयार पारेको एक ग्राफिक्स प्रस्तुत गरिएको छ।