विपन्न तथा मजदुरलाई निशुल्क भोजन


पोखरा । पोखरा ११ रानीपौवा नेपाल मानव धर्म सेवा समिति श्री हंस सनातन मन्दिरले विपन्न तथा मजदुरहरुलाई दैनिक भोजन प्रदान गर्दै आएको छ ।


उक्त कार्यको लागि हाल दैनिक २० जनाले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् भने पोखराको रानीपौवामा र लेखनाथको सत्यलोक आश्रम पोखरा २६ बाट दैनिक करिब २०० जना भन्दा वढिलाई खाना प्रदान गर्दै आएको आश्रमकी गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाईजीले वताउनु भयो ।


यहि बैशाख १५ देखि संचालन गरिएको भोजन कार्यक्रम पहिलो चरणको वैशाख २५ गतेसम्म हुने छ । त्यस पछि पनि लकडाउनको अवधि हेरि निरन्तरता दिईने युथ विङ्स तथा कार्यक्रम संयोजक ओम उपाध्यायले वताए । खाना हरेक दिन विहान १० वजे देखि १२ वजेसम्म उपलब्ध गराई राखिएको पनि उनले वताउनु भयो ।


सो सामाजिक सेवाको काममा संस्थाका सदस्य एवं सहयोगी मन भएका संघसंस्था तथा व्यक्तिहरुले खाद्यान्न सामाग्री उपलब्ध गराउदै आएका छन् ।


यो जटिल परिस्थितिमा केहि संस्थाहरुले त्यहाँ पकाएको खाना समस्यामा परेका व्यक्तिलाई उनिहरुकै वास वसेको स्थानमा लगेर पनि सेवा गर्दै आएका छन् ।