प्रधानमन्त्रीले बालुवाटारमै मनाए बुद्धजयन्ती, बुद्ध प्रतिमामा गरे दीप प्रज्वलन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ २५६४ औँ बुद्धजयन्तीका अवसरमा बालुवाटारमै दीप प्रज्वलन गरेका छन् । उनले बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।

सोही अनुरुप उनले वालुवाटारस्थित बुद्ध प्रतिमामा दीप प्रज्वलन गरेका हुन । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम्भूनाथ स्तूपमा गएर पूजाआजा र अवलोकन समेत गरिन । तस्वीर सौजन्य – राजन काफ्ले