भारत र चीनसंगै वार्ता गर्नुपर्नेमा प्रचण्डकाे जोड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि लिपुलेक भएर चीनको मानसरोवर जाने सडक उद्घाटन गर्ने भारत सरकारको कदम त्रिपक्षिय कुटनीतिक वार्ता गर्नुपर्ने बताउनु भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बसेको बैठकमा अध्यक्ष दाहालले यो समस्या, नेपाल, भारत र चीन एक्लैको होईन, समस्या तीन देशको भएकोले भारत र चीनसंगै वार्ता गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वैठकमा प्रचण्डले नेपाली भूमिमा चीन र भारतको सहमतिबाट व्यापारिक उद्देश्यले सडक खुलाइएको बताउनु भयो । यसका बारेमा दाहालले प्रधानमन्त्री केपी शर्मासंग कुराकानि भएकोले गम्भिर रुपमा समसया समाधानको लागि पहल गरिरहेको बताउनु भयो ।