पोखराका दृष्टिबिहीनहरु खध्यान्न संकटको मारमा


पोखरा । नेत्रहीन युवासंघ नेपाल कास्की शाखका अध्यक्ष सुर्य प्रदाद भट्टराईको समन्वयमा पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिबिहिनहरुलाई राहात बितरण गरियो।

राहात पाउने दृष्टिबिहीनहरु मध्य २ जना दोहोरी साझमा २ जना मसाज सेन्टरमा र अन्य पोखराका बजारहरुमा धुप र फलफुल बेचेर आफ्नो दैनिकी चलाउदै आएका थिए।

राहात बितरण कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३का अध्यक्ष रबिन्द्र वहादुर प्रजुको उपस्थितिमा भएको थियो।

यो त हाम्रो सानो प्रयास मात्र हो ।युवा संघका अध्यक्ष भट्टराईले भन्नुभयो “हाल देसभर चलिरहेको लकडाउनको करण उनिहरुको नियमित आयश्रोत वन्द भएको छ।आफ्नो थोरै कमाईबाट जिवन गुजारा गरिरहेका वहाँहरु हाल खध्यान्न सङ्कट झेलिरहनु भएको छ।

कोरना संक्रमणको अवस्था हेर्दा लक्डाउन अझै लम्विने देखिन्छ।लक्डाउन अझ १ महिना मात्र लम्बियो र राहात पाउने अवस्था रहेन भने वहाँहरु भोकभोकै रहने परिस्थिती वन्न सक्छ।

बैशाख २० गते सन्जिवनि महिला समुह संग सन्वय गरेर १७ जना दृष्ट्रिबिहीनहरुलाई राहात दिएका थियौ।

पहिले दिएकाहरुले फोन गरेर फेरी समस्या भएको सुनाउन थालिसक्नु भएको छ। तर राहात दिने मनकारी मनहरु पाउन सकेको छैन।म संग मौजदात रहेको केही रकमले त ३ जना जतिलाई थोरै पुग्ला तर राहात चाहीनेहरुको संख्या बढदो छ। कसरी ब्यवस्थापन गर्ने दोधारमा परेको छ।