नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २९१, एककाे मृत्यु


काठमाण्डौ – रौतहटका नयाँ १० जना संक्रमित थपिएपछि नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या १० रहेको छ ।

उनिहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा वढा नं ९ निवासी १८, ३२, ३६, ३९, ४२ र ४८ वर्ष उमेरका पुरुष रहेका छन् । यस्तै रौतहट इशनाथ नगरपालिका वडा नं ३, ५ निवासी २८, ३० र ३३ वर्षका पुरुष रहेका छन् । प्राप्त विवरण अनुसार उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने सबै स्वास्थ्यकर्मिको निगरानीमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।


नेपालको कोरोनाभाइरस सम्वन्धि पछिल्लो विवरण अनुसार अहिलेसम्म २९१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ३६ जना निको भएर घर फर्किएका छन् भने ३२० जना आईसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाईनमा रहनेहरुको संख्या १६ हजार ३६६ रहेको छ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण एक महिलाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय महिलाको कोरोना भाइरस संक्रमण कै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभर पीसीआर परिक्षण् २६ हजार ७०४ जनाको गरिएको छ भने ६५ हजार ७४९ जनाको आरडीटी परिक्षण गरिएको छ । पीसीआर परिक्षणमा संक्रमण नदेखिएको संख्या २६ हजार ४१३ रहेको छ । पीसीआर तथा आरडीटी परिक्षण गरिएको संख्या ९२ हजार ४५३ रहेको छ ।