संक्रमण हुनेको संख्या ३ सय ५७, दुइ जनाकाे मृत्यु


काठमाण्डाै – कोरोनाभाइरसको संक्रमण हुनेको संख्या नेपालमा ३ सय ५७ पुगेको छ । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण हुनेको संख्या नेपालमा ३ सय ५७ पुगेको हाे ।
बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङका, धनुषा, रौतहट र दाङका एक एक जना गरी थप ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अघि अाजै बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जनामा काेराेना संक्रमण पुष्टी भएकाे जनाएकाे िथयाे । यसरी संक्रमित हुनेहरुमा रौतहट इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का निवासी २१, २१, २३, २५, २५ २९ र ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षिया महिला तथा बारा करैयामाई वडा नं ५ निवासी ३८ वर्षिय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे थियाे ।

कोरोनाको कारण नेपालमा अहिलेसम्म २ जनाको मृत्यु भईसकेको र ३६ जना निको भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमित हुनेहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।