दीवेश बने अमेरिकन आइडलको फस्ट रनर अप


पोखरा- बितेका ६ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली गायक दीवेश पोखरेल १८ औं संस्करणको अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् ।

फाईनल चरणमा पोखरेलसहित पाँच जना पुगेका थिए । पोखरेल अमेरिकन आइडलमा आर्थर गनको नामबाट परिचित थिए । उनले सोहि नामबाट गायनमा सहभागिता जनाउँदै आएका हुन । नेपाली छोरोको अमेरिकन आइडलमा भएको उपस्थितिसंगै विश्वभरका नेपालीको तनमन पोखरेलसंग जोडिएको थियो भने अगाडी वढ्नका लागि मत पनि पाएका थिए ।

दीवेश अमेरिकन आइडलका लागि गएको सेप्टेम्वरमा छनौट भएका थिए । त्यस अवसरमा उनले फ्रेन्च कवि आर्थर रिमको नामबाट प्रतियोगितामा भाग लिएका हुन । त्यो किन रहेछ भने उनले ति कविलाई औधी मन पराउथे र उनबाट निकै प्रभावित भएकोले उनैको आर्थर नाम जोडेर आइडलमा सहभागि भएका थिए । काठमाडौं निवासी दीवेशको एउटा एल्वम “ग्रहण” यसअघि नै आईसकेको छ ।

फस्ट रनर अप भएपछि गायक पोखरेलले विश्भर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

स्मरण रहोस्, १८ औं संस्करणको अमेरिकन आइडलको उपाधि २१ वर्षिया युवती जष्ट सामले जितेकी छन् । उनि लाईबेरीयन मूलकि नागकि हुन । प्रतियोगिता एबीसी टेलिभिजनले संचालन गर्दै आएको छ ।