गण्डकी प्रदेशमा कोरोनाको कारण दैनिक ३८ करोड ६२ लाख बराबरको क्षती


पोखरा – कोरोना भाइरस (कोभिड—१९) को कारण विश्वका शक्तिशालि देशमा समेत अर्थतन्त्र धरासाही हुदै गएको छ । यसै क्रममा नेपालमा पनि कोरोनाको प्रभाब परेको छ ।

कास्की सहित ११ जिल्ला समेटिएको गण्डकी प्रदेशमा कोरोनाको कारण दैनिक ३८ करोड ६२ लाख बराबरको क्षती भएको एक तथ्याङक सार्वजनिक गरिएको छ । कोरोनाको कारण गण्डकी प्रदेशमा यसले करिब दुई महिनाको अन्तरालमा अर्थतन्त्रमा परेको असर बारे अध्ययन प्रारम्भिक प्रतिबेदन अनुसार प्रदेशमा एक दिन बन्द हुदा कुल ग्राहस्थ उत्पादनमा ३८ करोड ६२ लाख मुल्य बराबरको नोक्सान हुने भएको अध्ययन कार्यदलका संयोजक एवं गण्डकी प्रदेशका निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले बताए ।

कोरोनाको कारण देशमा २ महिना देखि बन्दाबन्दी (लकडाउन) जारी रहदा गण्डकी प्रदेशमा करिब २३ अर्ब १७ करोड भन्दा बढीको क्षेती पुगेको उनले जनाए । उनका अनुसार ग्राहस्थ उत्पादन र बिप्रेषणमा गरी लकडाउनले प्रत्येक दिन प्रदेशमा ७६ करोड ५३ लाख नोक्सानी भएको छ । लकडाउनले गर्दा करिब १५ प्रतिशत भन्दा बढी बेरोजगार हुनु पुगेको र विदेशबाट आउने करिब ६७ हजार जनता गण्डकी प्रदेशमा फर्किने भएको हुदा यसले प्रदेशमा प्रत्यक्ष ५० हजार युवालाई रोजगारीको अवसर सृजना गर्नु पर्ने खाँचो रहेको संयोजक डा. पौडेलले बताए । उनका अनुसार प्रदेशमा ६ लाख ६ हजार जनाले काम गर्ने गरेकाछन्।

मध्यकालिन योजना अन्र्तगत ३ बर्ष भित्र प्रदेशका सबै गरीबका जनतालाई स्वास्थ्य बिमामा आवद्ध गराउने, प्रदेशको आधुनिक प्रयोगशाला सहित १ सय वेडको सरुवा तथा शंक्रमण रोग अस्पताल स्थापना गर्नुपर्ने, प्रदेशले ५ बर्ष मुनिका बच्चा, गरीब परिवारका गर्भबती महिला अपाङगता भएका व्यक्तिलाई पोषण योजना ल्याउनु पर्ने, सार्वजनिक क्षेत्रले कोारोना जस्तै अन्य सरुवा तथा शंक्रमण रोगको व्यबस्थापन गर्न संगठन संरचनामा पुनरावलोकन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । दीर्घकालिन योजनामा प्रदेशमा ५ सय बेडको अस्पताल सहितको एक मेडिकल कलेज गण्डकी विश्व बिद्यालय अन्र्तगत स्थापना गर्ने, जनसङख्या र स्वास्थ्यकर्मीको अनुपात विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बनाउन प्रयत्न गर्नुपर्ने संयोजक डा. पौडेलले जनाए । अहिलेको अबस्थामा पूर्वाधार निर्माणमा निर्माणस्थलमा श्रमिक र अन्य व्यक्तिले अपनाउनु पर्ने सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी निर्माण कार्य सुचारु गर्नुपर्ने उनले बताए ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचार कोषमा १८ करोड ६ लाख ४ हजार जम्मा भएको संयोजक डा. पौडेलले जनाए । उनका अनुसार ६ करोड २६ लाख हालसम्म खर्च भएको छ भने काँकी ११ करोड ८० लाख बाँकी रहेको छ । उक्त कार्यदलको सदस्य सचिबमा गणेस प्रशास पाण्डे रहेका छन भने अन्य सदस्यहरुमा डा.ई बिष्णुराज बराल, डा. भिमा ढुंगाना, प्रा.डा. यादव प्रशास शर्मा गौडेल, रामेश्वर दङगाल र संयुत्तः राष्ट्र संघीय बिकास कार्यक्रमका अर्थ बिषेशज्ञ रहेका छन्।