नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो, ६ जनाको मृत्यु


काठमाण्डौ – नेपालमा काेराेना भाइरसबाट थप १ सय ७० जना संक्रमित भएको पुष्टि भएको छ । जसमा पुरुषको संख्या १ हजार १ सय २ महिलाको संख्या १ सय ९ जना रहेको छ ।
शुक्रबार थपिने संक्रमितहरुमा सप्तरीका ४ जना पुरुष, बाराका ४ जना, पर्साका ५ जना पुरुष, सर्लाही ३ पुरुष १ महिला, ललितपुर १ जना महिला , म्याग्दीमा १ पुरुष, बाँके १० जना पुरुष, कपिलबस्तुका ७ बर्षीय बालक सहित २७ जना पुरुष , झापाका ५६ जना र रौतहटका २ जना बालिका तथा ५४ जना पुरुष रहेको स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिए ।
शुक्रबार दिउँसो थप १ सय ७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म नेपालका जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

यसैगरी अर्घाखाची भूमिस्थानका ३५ वर्षीय मृतक पुरुषमा कोरोनाका संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोना संक्रमणबाट नेपालमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय ६ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये १ सय ६२ जना पुरुष र ४४ जना महिला रहेका छन् । हाल सम्म देशभरी ९९ हजार ३ सय ५६ जना क्वारेन्टिन र १ हजार जना आइसोलेसनमा रहेकाे स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयले जनाएकाे छ ।