नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्याे


पाेखरा – नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुषको संख्या १ हजार ४ सय ५० महिलाको संख्या १ सय १७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ५४ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय २० जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म २ बर्षीया बालिका सहित ८ जनाको मृत्यु भइसकेको छ।
यसैबिच गण्डकी प्रदेशमा थप तीन जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ

स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कर्याक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्मा अनुसार स्याङजा गल्याङ नगरपालिका निवासी सोहि नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका वर्ष २७ र ४० का २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै तनहुँ जिल्लाको ऋसिङ गाउँपालिका ठेगाना भएका सोहि गाउँपालिकास्थित क्वारेन्टाईनमा रहेका वर्ष २८ का एक पुरुषमा पनि कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ । नयाँ थपिएको ३ संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या २४ पुगेको हो ।

स्वास्थ्य निर्देशनालयले आज गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशका ६ जिल्लामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । बागलुङ, म्याग्दी, स्याङजा, तनहुँ, लमजुङ र नवलपरासी सुस्तापूर्व गरी ६ जिल्लामा संक्रमण देखिएको हो ।

वागलुङ जिल्लाका १९, २०, २१, २१, २७, २७ वर्षका ६ पुरुष र एक ३९ वर्सिया महिलासहित ७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । स्याङजाका २०, २१, २६, २७, २९ र ४० वर्षिय एक गरि ६ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

म्याग्दीका ३० वर्षिय एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ भने तनहुँका २८ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । वागलुङ, स्याङजा, म्याग्दी र तनहुँमा गरी १७ जनामा संक्रमित पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनिहरुको सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा परिक्षण गरिएको हो ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वका १९, १९, २१, ४५ र ४९ वर्षका ५ जना पुरुष र २५ वर्सिया एक महिला गरि ६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यि मध्य एकको रीपोर्ट शनिवार आएको हो । उनिहरु सबैको भरतपुर अस्पताल, चीतवनमा परिक्षण गरिएको हो ।

यस्तै लमजङ शुन्दर वजारका एक ३ वर्षिय वालकमा संक्रमण पोजेटिभ देखिएको छ । उनको पनि रीपोर्ट शनिवार आएको हो । उनको जनस्वास्थ्य प्रयोगशाला काठमाडौैंमा परिक्षण गरिएको स्वास्थ्य निर्देशक, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कर्याक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ८ हजार ७३५ जनाको आरडीटी परिक्षण गरिएको छ । ८ हजार ४९० जनामा संक्रमण देखिएको छैन भने २६८ जनाको नतिजा आउन बाँकि रहेको छ । बितेका २४ घन्टामा गण्डकीमा २४५ जनाको पीसीआर परिक्षण गरिएको छ । दुईजना यसअिघि नै निको भईसकेका छन् ।