गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा डेंगुको संक्रमण


पोखरा – गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा डेंगुको संक्रमण देखिएको बताएको छ ।

म्याग्दीमा ३ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको जानकारी दिएको छ । यसका साथै म्याग्दीमा ९ जनामा डेंगुको संक्रमण भएको छ ।

कास्कीमा ५ जनामा डेंगुको संक्रमण देखिएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व मा १ र बागलुङमा १ गरी गण्डकी प्रदेशमा १६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।