अक्सिजन र भेन्टिलेटर आवस्यक नपर्ने बिरामीलाई अस्पतालमा भर्ना नगरिने


काठमाडौं- स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले अक्सिजन र भेन्टिलेटर आवस्यक नपर्ने बिरामीलाई अस्पतालमा भर्ना नगरिने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण सम्वन्धि एक कार्यक्रममा मन्त्री ढकालले कोरोनाभाइरसबाट संक्रमति हुनेको संख्या २ हजार नाघिसकेको अवस्थामा सरकारले अब अक्सिजन र भेन्टिलेटर चाहिने विरामी बाहेक अन्यलाई भर्ना नगर्ने बताउनु भएको हो ।

अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीहरुलाई आइसोलेसनकक्ष स्थापना गरेर उपचारको लागि राखिने जानकारी दिनुभयो ।

मन्त्री ढकालले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकाहरुमा ८० प्रतिशत व्यक्ति सामान्य अवस्थाका रहने पाईएकोले गम्भीर अवस्थाका बिरामीलाई मध्यनजर गरेर नयाँ रणनीतिमा जान लागेको बताउनु भयो ।

सरकारले कोरोनाभाइरसका संक्रमित १५ हजारसम्म पुग्न सक्ने संभावना रहेकोले त्यसलाई आधार बनाएर पाँच प्रतिशतको लागि भेन्टिलेटर झडान गरिएका अस्पतालमा राख्नको लागि सरकारले त्यसको व्यवस्था गर्न लागेको बताउनु भयो । कोरोनाको सकस परिरहेको बेलामा हेकाफले उपलव्ध गराएका स्वास्थ्य सामग्रीलाई आवस्यक्ता अनुसार वितरण गरीने बताउनु भयो

अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित रु एक करोड ७० लाख मूल्य बराबरको सामग्री रहेको बताउनु भयो । सामग्रीमा पीपीई, ग्लोव, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका रहेका नकर्मिले बताउनु भयो । साथै उहाँँले कोरोनाभाइरसको सकसलाई नियन्त्रणको अभियानमा सरकारसँग समन्वय जान सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।

बौद्ध गुरुमा चेङ येनको सक्रियतामा सन् १९६६ मा स्थापना भएको फाउण्डेशनका अमेरिका, चीन, क्यानडा लगायत ६३ मुलुकमा शाखा रहेका बताईएको छ ।