नेपालमा कोराेना संक्रमित भएकाहरुको संख्या ३ हजार २ सय ३५


काठमाण्डौ – नेपालमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । शनिवार ३२३ जना नयाँ संक्रमित थपिएसंगै देशभर संक्रमित भएकाहरुको संख्या ३ हजार २ सय ३५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज आयोजना गरिएको नियमित प्रेस ब्रिफिङमा ३२३ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ३ हजार २३५ पुगेको जानकारी दिनुभएको हो ।

अहिलेसम्म कोरोना नेपालका ७० जिल्ला फैलिएको छ । आज थपिएकाहरुमा नयाँ संक्रमितहरुमा २८६ जना पुरुष रहेका छन् भने ३७ जना महिला रहेका डा.देवकोटाले बताउनु भयो ।

निको हुनेहरुको संख्या ३६ं५

मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३६ं५ पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न स्थानका ३२ जना अस्पतालबाट डिस्चार्ज भएसंगै घर फर्किनेको संख्या ३६५ पुगेको हो ।

हालसम्म देशभर ९२ हजार ४७७ जनाको पीसीआर परिक्षण गरिएको छ भने १ लाख ३७ हजार ४३५ जनाको आरडीटी गरिएको छ । ८९ हजार २४२ जनामा संक्रमण देखिएको छैन ।

मृतकको संख्या १३ पुग्यो

यस्तै देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाईनमा रहेका छन् भने २ हजार ८५७ जना आईसोलेसनमा रहेका छन् । पछिल्लो पटक २ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुष तथा सेती अस्पतालमा उपाचार गराईरहेकि एक महिलाको मृत्यु भएसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।