नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो


काठमाण्डौ – नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार दिउसो थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले जानकारी दिए ।
जसमध्ये पुरुषको संख्या ३ हजार ५ सय ६ जना र महिलाको संख्या २ सय ५६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा संक्रमित मध्ये ४ सय ८८ जना निको भएर घर फर्किसकेका छन् ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

प्रवक्ता गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

हाल सम्म नेपालमा कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

सोमबारसम्म देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।