नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुग्याे


पोखरा – एकैदिन ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मंगलवार प्रवक्ता डा. जागेश्वर गौतमले ३२३ जना नयाँ संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ४ हजार ८५ पुगेको बताउनु भयो । पछिल्लो पटक ईलाममा पनि कोरोनाको संक्रमण देखिसंगै संक्रमण फैलिएका जिल्ला ७२ पुगेका छन् ।

नयाँ थपिएका संक्रमितहरुमा २९२ जना पुरुष तथा ३१ जना महिला रहेका छन् । विराटनगरमा गरिएको परिक्षणमा ३ पुरुष, कोशी अस्पतालमा गरिएको परिक्षणमा इलामका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । धरानमा गरिएको परिक्षणमा सुनसरीका १, सप्तरीका ६ जना, भरतपुरमा भएको परिक्षणमा ३० जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै नवलपुरका ३ जना, धादिङका १, कपिलवस्तुका १, सप्तरीका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा २४ जना, जनकपुरमा धनुषाका २१ जना, महोत्तरीका १९, सर्लाहीका १ मा संक्रमण पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा ६ जना, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उता कर्णालीमा जुम्लाका २ जना, सुर्खेतका १६, सल्यानका १२ तथा सुर्खेतका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । सेती अस्पतालमा गरिएको परिक्षणमा ३७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरु दार्चुलाका १०, कञ्चनपुरका १९, डडेलधूराका ७, कैलालीका १ रहेका छन् ।

रुपन्देहीमा २२ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरुमा २४ जना धनुषाका रहेका छन् । कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासी पश्चिमका १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ जना र सिराहाका १२ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । आज थपिएका ३२३ जनासहित नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ४ हजार ८५ पुगेको हो । संक्रमितहरुमा ३ हजार ७९८ पुरुष तथा २८७ महिला रहेका छन् ।

मन्त्रालयको पछिल्लो तथ्यांकका अनुसार १ लाख ६ हजार ३३१ जनाको पीसीआर परिक्षण गरिएको छ । १ लाख ६६ हजार १५८ जनाको आरडीटी परिक्षण गरिएको छ । देशभर ५ हजार ५५३ जनाको पीसीआर गरिएको छ भने ९ हजार १६७ को आरडीटी परिक्षण गरिएको छ । उनिहरु मध्य १ लाख २ हजार २४६ जनामा संक्रमण देखिएको छैन । देशभर क्वारेन्टाईनमा १ लाख ६५ हजार ७७५ जना रहेका छन् । ३ हजार ४८६ जना आईसोलेसनमा रहेका छन् ।

निको हुनेहरुको संख्या ५८४

नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या पनि वढिरहेको छ । बितेका २४ घन्टामा विभिन्न स्थानका ९६ जना निको भएर घर फर्किएका प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । उनिनहरुमा ८ महिला तथा ८८ पुरुष रहेका छन् । जनकपुरबाट ३०, बलम्वुबाट १, बाँके कोहलपुरबाट २२, राप्ती सोनारी बाँकेकै ७, धरानबाट झापाका २८, दाङबाट ४, दैलेखमा १ महिला डिस्चार्ज भएकि छन् । यो सहित हालसम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनिहरुमा ५०७ पुरुष तथा ७७ महिला छन् ।

कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भएको छ । आज चीतवनमा भरतपुर ११ का ६८ वर्षिय एक पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचार गराईरहेका ति वृद्धलाई संक्रमण पोजेटिभ देखिएपछि सोमवार भरतपुर अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको अवस्थामा उनको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार ति वृद्धमा सुगर, प्रेसर, नियोनिया लगायतका समस्या देििखएका थिए ।

यो भन्दा अगाडी सिन्धुपाल्चोककि एक महिला, बाँके नरैनापुरका युवा, गुल्मिका एक पुरुष, दैलेखका एक पुरुष, बाजुराकि २ वर्षिया वालिका, दोलखाका ७६ वर्षका पुरुष, पाल्पाका एक पुरुष, डोल्पाका ५८ वर्षिय पुरुष, सेतीकि एक ५५ वर्षिया महिला तथा स्याङजाका ५८ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।