नेपालमा मंगलबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा मंगलबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार दिउसो थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल वीरगञ्जबाट ३ जना, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टर मान्माबाट २४ जना, दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारतांग आइसोलेसन सेन्टर दैलेखबाट १ जना, प्रादेशिक अस्पपाल सुर्खेतबाट २ जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।