नेपालमा कोरोना संक्रमिको संख्या ९ हजार २६ पुग्याे


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घन्टामा ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमलेनियमित प्रेस ब्रिफिङमा ४ सय २१ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै कोरोना संक्रमिको संख्या ९ हजार २६ पुगेको छ ।

संक्रमित हुनेमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।

सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा समेत संक्रमण देखिएको छ ।

यसैगरी नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गुल्मी छत्रकोट गाउँपालिका -५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वा प्रवक्ता डा. गौतमले जानकारी दिए । पचारका लागि भारत गएर जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका उनको असार ५ गते निधन भएको थियो । उनको ५ गते नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा असार ६ गते उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।