माछापुच्छ्रे गाउँपालिकाद्दारा स्वास्थ्यसँगै पूर्वाधारमा बढी जोड


पोखरा -कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब ६३ करोडको बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको छैटौं गाउँसभामा बुधबार उपाध्यक्ष कुष्णकुमारी पौडेल दवाडीले ६२ करोड ६७ लाख ६९ हजार २ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको बजेट भन्दा झण्डै ८ करोड ६७ लाखले कमी हो । चालु आर्थिक वर्षका लागि माछापुच्छ«े गाउँपालिकाले ७१ करोड ६७ लाख ६९ हजार २ सय ९० रुपैयाँको संसोधित व्यय अनुमान गरेको छ ।

अनुमानित बजेट मध्ये माछापुच्छ«े गाउँपालिकाले पुँजिगततर्फ ५५.०२ प्रतिशत अर्थात ३४ करोड ४८ लाख ५९ हजार २९० र चालुतर्फ ४४.९८ प्रतिशत अर्थात २८ करोड १९ लाख २० हजार ४ सय विनियोजन गरिएको छ । माछापुच्छ«े गाउँपालिकाले पुँजिगतर्फको बजेटमध्ये पूर्वाधारतर्फ २३ करोड ५४ लाख ७२ हजार, सामाजिक विकासतर्फ ४ करोड ७० लाख ४६ हजार ८ सय, आर्थिक विकासतर्फ ३ करोड ५ लाख ८० हजार, वातावरण संरक्षण तथा विपद ब्यबस्थापनतर्फ २ करोड १५ लाख ५० हजार र सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहका लागि १ करोड २ लाख विनियोजन गरिएको छ ।

अनुमानित बजेट मध्ये आन्तरिक स्रोतबाट ३ करोड २६ लाख २० हजार, संघीय सरकारको वित्तिय समानीकरण अनुदानतर्फ ९ करोड ४० लाख, संघीय सरकारको राजस्व बाँडफाँडबाट ८ करोड ६८ लाख ८४ हजार, संघीय सरकारको सशर्त अनुदान २२ करोड ९९ लाख, विशेष अनुदानबाट १ करोड ३३ लाख, समपुरक अनुदानतर्फ ४ करोड ६५ लाख प्राप्त हुने जनाइएको छ ।

यसैगरी प्रदेश सरकारको वित्तिय समानीकरणतर्फ १ करोड २१ लाख ६७ हजार, राजस्व बाँडफाँडबाट ३३ लाख ९८ हजार, समपूरक अनुदानतर्फ १ करोड ५० लाख, सशर्त अनुदानतर्फ ३० लाख, सामाजिक सुरक्षातर्फ ११ करोड ८१ लाख प्राप्त हुने उल्लेख छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुन नसकी मौज्दात रहने ९ करोडपनि बजेट पूर्तिका लागि जोडिएको छ ।

माछापुच्छ«े गाउँपालिकाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसँगै संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशिल बनाउन लागि १ करोड ५० लाख विनियोजन गरेको छ । स्वास्थ्यसँगै गाउँपालिकाले पूर्वाधारमा बढी जोड दिएको छ । पूर्वाधार निर्माणमा सडक निर्माण, मर्मत सम्भारदेखि सिंचाई, एक घर एक धारा खानेपानी योजना, गाउँपालिका भवन, वडा कार्यालय भवनदेखि आमा समूहको भवन निर्माणसम्म, खेलकुद मैदानदेखि विद्यालय कक्षा कोठा भवन निर्माणसम्मलाई समेटिएको छ ।

गाउँपालिकाले मासु र दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने, गाउँपालिकाको रणनीति चक्रपथ निर्माण, लैंगिक हिंसा, जातिय छुवाछुत, कुरिती र कुसंस्कारलाई पूर्ण रुपमा निशेध गर्ने नीति अवलम्वन गर्ने जनाएको छ । साथै उसले ‘उपाध्यक्षसँग गर्भवती महिला’ कार्यक्रम सञ्चालन गर्ने, १५ शैयाको अस्पताल निर्माण गर्ने, सरकारबाट तलब, भत्ता र सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरुका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न उत्प्रेरित गर्ने नीतिपनि अवलम्वन गर्ने गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।