नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो


काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ५ सय ९३ संक्रमित भेटिएको जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

आज संक्रमित पुष्टि हुनेमा मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिरहाका ६ जना, अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, गोरखाका ५ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ जना, कपिलवस्तुका २१ जना, रौटहटका ५१ जना छन् ।

यसैगरी सल्यानका ४ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना, चितवनका १२ जना, गुल्मीका १२ जना, सिन्धुलीका ६ जना, कास्कीका २ जना, लमजुङका ६ जना, बागलुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, गुल्मीका १३ जान, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जनाको पनि आजै कोरोना पुष्टि भएको हो ।
गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा संक्रमित मध्ये २ हजार ६ सय ९८ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या ४८ रहेको छ ।