नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्याे


काठमाण्डाै – पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ४ सय ७३ संक्रमित भेटिएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । गौतमका अनुसार हालसम्म देशका सबै ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।
क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३६८ जना रहेका छन् ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ८५ जना रहेको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८२२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७९१ परीक्षण भएका छन् ।