नेपालमा काेराेना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो


काठमाण्डौ – नेपालमा काेराेना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौमतले बिहिवार ४७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको जानकारी दिनुभयो ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा डा.गौतमले १०९ जना महिला तथा ३६४ पुरुष सहित ४७३ जना नयाँ संक्रमित थपिएकाे जनाए ।

जसअनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ जना, मोरङका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १० जना, जनकपुुरमा गरिएको परीक्षणमा धनुषाका ३० जना, महोत्तरीका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरीएको परीक्षणमा अछामका ३१ जना, बझाङका ३५ जना, डोटीका ५८ जना, कैलालीका १६५ जना, कञ्चनपुरका ३१ जना, खोटाङका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा ललितपुरका १, चितवन भरतपुरमा गरिएको परीक्षणमा चितवनका २ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा बर्दियाका १, भक्तपुरका २ जना, दाङका २, धादिङका १, दोलखाका २, गोरखाका १, काठमाडौंका २८ जना, काभ्रेका १ तथा ललितपुरका १ जनामा संक्रमण पोजेटिभ देखिएको डा.गौतमले बताउनु भयो ।
मकवानपुरका १, पाल्पाका १, रामेछापका १, रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १, सिन्धुपाल्चोकका १, अर्घाखाँचीका २, सुनसरीका १ जनमा संक्रमण पोजेटिभ देखिएको छ ।
काठमाडौं टेकुस्थित प्रयोगशालामा गरीएको परीक्षणमा नुवाकोटका १, रसुवाका १, सिन्धुपाल्चोकका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २ जना, दैलेखमा गरिएको परीक्षणमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोलिकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । डा.गौतमका अनुसार हाल दुई वटा थप गरेर २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भईरहेको छ ।
मृतकको संख्या ३१ पुग्यो, ६ हप्ते शिशुको मृत्यु

नेपालमा कोरोनाको कारण मत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रेस फिङमा प्रवक्ता डा.जागेश्वर गौतमले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा ६ हप्ताका शिशुको मृत्यु भएको बताउनु भयो । शिशु म्याग्दीका हुन ।
यो सहित नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो । तीन हप्ता अगाडी अस्पतालमा भर्ना गरिएका शिशुको परीक्षण नतिजा मंगलवार पोजेटिभ देखिएको थियो भने वुधवार अपरान्हमा उनको मृत्यु भएको थियो ।

घर फर्किनेको संख्या ५ हजार ३२०

नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ५ हजार ३२० पुगेको छ । बितेको २४ घन्टामा ६६४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसंगै निको हुनेको संख्या ५ हजार ३२० पुगेको हो ।
देशभर हालसम्म २ लाख ३७ हजार ७६४ जनाको पीसीआर परीक्षण गरिएको छ । ३ लाख २ हजार ६२१ वटा आरडीटी परिक्षण गरिएको छ । परिक्षण नतिजा अनुसार २ लाख २३ हजार २४५ जनामा संक्रमण देखिएको छैन ।