चलचित्र ‘फेम’ रिलिज, निर्माण पक्ष उत्साहित (चलचित्र सहित)


राजाराम पाैडेल, पोखरा – छोटो चलचित्र ‘फेम’ रिलिज भएको छ । यो सामाजिक विषयबस्तुमा आधारित चलचित्र हो । समाजमा परिचित नाम पनि अभावबाट गुज्रिन सक्छ । अभावले निम्त्याउने मनस्थिती र दुर्घटनालाई यसले चित्रित गर्न खोजेको छ । जीवन अमुल्य छ । जीवन सुन्दर पनि छ । यसको दुर्वल पक्षलाई मात्रै हेरेर जीवनको अर्थ भेटिन्न ।

त्यसैले हतास मानसिकतामा गरिने हरेक निर्णयलाई रोक्नु नै मानिसको बुद्धिमता हो भन्ने चलचित्रको उद्देश्य हो । शुक्रबार रिलिज भएको चलचत्रिबाट प्राप्त दर्शक प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको छ । आजको सामाजिक यर्थाथलाई आधार बनाएर चलचित्र तयार भएको कारण दर्शको माया धेरै पाउने यो टिमको अपेक्षा छ ।

मुभीको स्टोरी, थिम कन्सेप्ट र निर्देशन विनोद वानियाको हो । निर्देशक वानिया भन्छन्– ‘समाजमा यस्ता धेरै स्टोरी छन् । अनि धेरै स्टोरी ट्रेलर पनि । जसले अरुका कथा लेख्छन्, देखाउछन्, सुनाउछन् । उनीहरुका व्यथा विरलै सुनिन्छ, लेखिन्छ, देखिन्छ । यो उनीहरुको कथा हो । फेमले थिचिएको स्टोरी । एण्ड अनटोल्ड स्टोरी ।’

यसरी चलचित्रमा काम गरेको आफ्नो पहिलो अनुभव भएको गायन क्षेत्रमा लामो समयदेखि क्रियाशिल समेत रहेका वानियाले बताए । ‘लकडाउनको समयमा सर्ट मुभी बनाउन मन थियो । लकडाउनलाईनै लक्षित गरेर बनाएका एउटा कथा पनि थियो, त्यहि कथालाई डेभलप गरेर फेम तयार भयो, सकारात्मक प्रतिक्रिया आउँदा खुशी लागको छ, केहि सुझाब पनि पाएका छौ’ उनले भने ।

फेम वानियाकै आफ्नै अफिसियल युट्युब च्यालन ‘विनोद वानिया अफिसियल’बाट चलचित्र रिलिज भएको हो । यो चलचित्रमा मुख्य भुमिका सञ्चारकर्मी सञ्जय मल्लले निभाएका छन् । लामो समयदेखि पोखरामा सञ्चार क्षेत्रमा क्रियाशिल उनीसँग पोखराबाट निर्माण भएका फिल्म मार्केट, मिसन भाइरस सहित म्युजिक भिडियोमा समेत काम गरेको अनुभव उनीसँग थियो । जुन अनुभवलाई चलचित्रमा प्रयोग गर्दै दर्शकको ध्यान खिच्न उनी सफल भएका छन् ।

सामाजिक विषयवस्तुमा सचेतना जगाउने खालको चलचित्र फेम भएको मल्लले बताए । चलचित्रले दर्शकलाई केहि न केहि सकारात्मक सन्देश दिने उनी बताउँछन् ।

सञ्जयका अलावा फिल्ममा आयुष श्रेष्ठ, जय प्रकाश थापा, सुदिप गुरुङ, सोवित ठकुरी, निलिमा हिराचन श्रेष्ठ सहित विनोद वानीयाको समेत अभिनय रहेको छ । सबैको मेहनतले चलचित्रलाई आर्कषक बनाउन सघाएको छ । ग्रैहापाटनको आसपासमा भएको यो चलचित्रको निर्माता दिपिका वानिया हुन् ।

काव्याको प्रस्तुतीमा तयारर भएको चलचित्रमा सविन गायकको छायाकंन तथा सम्पादन, पाश्र्व संगीतमा राजेश क्षेत्रीले सहयोग गरेका छन् । सञ्जय शाक्य, उत्तम पौडेल, सन्तोष बस्याल, आशिस पुरीको समेत चलचित्र तयार हुन सहयोग रहेको थियो ।
https://www.youtube.com/watch?v=WNuh2gGUd5E