नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो


काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । शनिबार थप २ सय ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स‌क्रमितकाे स‌ंख्या १५ हजार ४ सय ९१ पुगेको हाे । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा गराएका हुन् ।
संक्रमण भएका मध्ये ६ हजार ४ सय १५ जना संक्रमण मुक्त भइ घर फर्किसकेका छन् ।
यसैगरी नेपालमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार गोरखा अस्पतालमा उपचाररत गोरखा पालुङ्टार-७ का ४४ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। कतारबाट १७ गते नेपाल फर्किएका उनको अस्पतालमा आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो ।त्यसैगरी रुपन्देही देवदहका ७५ बर्षीय पुरुषको असार १७ गते काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोमा १८ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए । उनी क्षयरोगका विरामी रहेका थिए ।

यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।